शीर्ष नेताहरु र प्रधान न्यायाधिश बीचको वार्ता अनिर्णीत

पछिल्लोपल्ट अपडेट गरिएको: 20.02.13, 23:16 NST सम्मका समाचार
प्रधान न्यायाधिश

शीर्ष नेताहरु र प्रधान न्यायाधिश रेग्मी बीचको वार्ता कुनै टुङ्गोमा पुग्न सकेन

प्रमुख चार राजनैतिक दलका शीर्ष नेताहरु र प्रधान न्यायाधिश खिलराज रेग्मी बीच बुधबार साँझ भएको वार्ता कुनै निर्णयमा पुग्न नसकी टुङ्गिएको छ।

दलहरुले राजनैतिक तथा संवैधानिक प्रश्नहरु बारे थप छलफल गर्नु पर्ने अवस्था आएकोले प्रधान न्यायाधिशसितको कुराकानीमा कुनै निर्णयमा पुग्न नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

चुनावी सरकारको नेतृत्व लिन आनाकानी गरेपछि चार प्रमुख राजनीतिक शक्तीका शीर्ष नेताहरुले बुधवार साँझ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई भेटेर आफूहरुको प्रस्ताव स्वीकार गरिदिन आग्रह गरेका थिए।

प्रधानमन्त्री बाबुराम भट्टराई मार्फत रेग्मीले विभिन्न सर्त मानेर नेतृत्व लिन नसक्ने सन्देश दलहरुलाई मंगलबार नैं दिएका थिए।

उनको त्यस्तो सन्देशपछि शीर्ष नेताहरुले उनलाई भेटेरै नेतृत्व स्वीकार गरिदिन आग्रह गर्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए।

पार्टीहरु भित्र फैलदो अन्तरविरोध, जेठमा चुनाव नभए त्यसपछि के गर्ने भन्ने अस्पष्टता र चुनावप्रति गम्भिर प्रतिबद्धता नदेखाएको लगायतका कारण देखाउँदै प्रधान न्यायाधीश खिलराज रेग्मीले अहिलेकै स्थितिमा नेतृत्व नस्वीकार्ने सन्देश मंगलवार प्रधानमन्त्री बाबुराम भट्टराईलाई दिएका थिए।

प्रधानमन्त्री भट्टराईले रेग्मीको त्यो सन्देशलाई चार दलका नेताको वैठकमा पु-याउनासाथ शीर्षनेताहरुबीच रेग्मीलाई भेटेर मनाउन प्रयत्न गर्ने सहमति भएको थियो।

सर्तहरु

नेताहरुले बुधवार बिहान उनीसँग भेट गर्ने बताएका थिए तर आफूले उठाएका सर्तहरु पूरा नभएसम्म रेग्मीले भेट्न ईच्छा नदेखाएका कारण भेट साँझका लागि सरेको थियो।

प्रधानमन्त्रीमा प्रस्ताव गरिएका प्रधानन्यायाधीश रेग्मीलाई भेट्न एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बावुराम भट्टराई, नेपाली काँग्रेसका सभापति सुशिल कोईराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा वलि, मधेशी मोर्चका विजयकुमार गच्छदार र महन्त ठाकुर उनको सरकारी निवास बालुवाटार पुगेका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।