रेग्मी चुनावी मन्त्रिपरिषद्को अध्यक्ष

पछिल्लोपल्ट अपडेट गरिएको: 14.03.13, 15:22 NST सम्मका समाचार
सपथ लिदै रेग्मी

रेग्मीका अगाडि थुप्रै चुनौति रहेको धेरैको विश्लेषण छ

प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको सपथ लिएका छन्।

नेपालको ईतिहासमै पहिलो पटक प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बनेका ६३ वर्षिय रेग्मी मुलुकको ३६ औं प्रधानमन्त्री बन्न पुगेका छन्।

बिहिवार विहान आयोजित एक समारोहकाबीच राष्ट्रपति रामवरण यादवले रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको रुपमा सपथ गराएका हुन्।

सपथ लिए लगत्तै रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

प्रमुख दलका शीर्ष नेता, नेपालस्थित विभिन्न देशका राजदुतहरु र राज्यका उच्च अंगका पदाधिकारीहरु उपस्थित एक समारोहकाबीच राष्ट्रपति यादवले प्रधानन्यायाधीश रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्षको सपथ गराएका थिए।

दलहरुबीच भएको सहमतिमा चुनावी मन्त्रिपरिषद्को अध्यक्ष भन्नाले प्रधानमन्त्री वुझिने उल्लेख छ।

राष्ट्रपतिबाट सपथ लिए लगत्तै रेग्मीले दुई मन्त्रीलाई सपथ गराए। सपथ लिने मन्त्रिमा माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपाने छन्।

"शान्ति सुरक्षा कायम गर्दै र सवै दलहरुको सहयोग जुटाउँदै तोकिएकै मितिमा चुनाव गराउनु यो सरकारको प्राथमिकता हो"

खिलराज रेग्मी, अध्यक्ष, अन्तरिम चुनावी मन्त्रिपरिषद्

घिमिरे ६ महिना अघि सेवा निवृत भएका मुख्य सचिव हुन् भने न्यौपाने झण्डै दुई वर्ष अघि अवकासप्राप्त पूर्व कानुन सचिव।

प्रमुख दलका शीर्षनेताहरुबीच निजामति सेवाको विशिष्ट श्रेणीमा रहेर काम गरिसकेकालाई चुनावी मन्त्रिपरिषद्को सदस्य बनाउने सहमति भए अनुसार नव नियुक्त दुवै मन्त्रि प्रशासनिक पृष्ठभूमिबाट छानिएका हुन्।

दलहरुबीच ११ सदस्यिय मन्त्रिपरिषद् बनाउने सहमति भएको छ। मन्त्रिपरिषद्का अन्य सदस्य केही दिनमै नियुक्त हुने बताईएको छ।

सपथपछि त्यहाँ उपस्थित विशिष्ट व्यक्तिहरुसँग परिचय गरेर बाहिरिएका रेग्मीले राष्ट्रपति भवन शितल निवासमा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्।

त्यहाँबाट सोझै उनि लैनचौरमा रहेको शहिद स्मारकमा पुगेर शहिदको शालिकमा माला चढाएका थिए।

धन्यवाद

लगत्तै प्रधानमन्त्रि कार्यालयमा पुगेर पदभार ग्रहण गरेपछि उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई विश्वास गरेर उक्त जिम्मेवारिमा पुराएको भन्दै दलहरुलाई धन्यवाद दिए।

उनले भने, “शान्ति सुरक्षा कायम गर्दै र सवै दलहरुको सहयोग जुटाउँदै तोकिएकै मितिमा चुनाव गराउनु यो सरकारको प्राथमिकता हो।”

दलहरु आउँदो असार ७ गते संविधानसभाको नयाँ चुनाव गर्ने सहमति भएको छ। केही गरि असारमा नसकिए २०७० साल मंसिर भित्र चुनाव सम्पन्न गर्ने सहमतिमा दलहरुले बुधवार राति हस्ताक्षर गरेका थिए।

वुधवार राती नै रेग्मीलाई सपथ गराउने बताईए त्यो कार्यक्रम बिहिवार विहानका लागि सारिएको थियो।

प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने चार राजनीतिक शक्तीको निर्णयको विरोधमा उत्रेको नेकपा-माओवादीले रेग्मीले सपथ लिएको विरोधमा विहिवार १२ बजेदेखि देशैभर बन्द गरेको छ।

वन्दका कारण काठमाण्डौं उपत्यकामा सार्वजनिक यातायातका सवारी नगन्य मात्रामा गुडेका छन् भने चहल पहल घटेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।