पोप फ्रान्सिस नयाँ सर्वोच्च क्याथोलिक धर्मगुरु

पछिल्लोपल्ट अपडेट गरिएको: 14.03.13, 15:25 NST सम्मका समाचार

अर्जेन्टिनाका कार्डिनल जर्ज मारियो बर्गोग्लियो क्याथोलिक सर्वोच्च धर्भगुरु अर्थात पोपमा चयन भएका छन्

ल्याटिन अमेरिकाबाट पहिलोपल्ट नयाँ सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले संसारभरबाट शुभकामना सन्देश पाएका छन्।

मंगलबारदेखि शुरु भएको नयाँ पोपको चयन गर्न गरिएको मतदान हिजो निर्णयमा पुगेको थियो।

अर्जेन्टिनाका उनले थुप्रै कडा चुनौतिहरुको सामना गर्नुपर्ने बताइएको छ।

चर्च आन्तरिक कलह र यौन दुर्व्यवहारका काण्ड र भ्रष्टाचारको आरोपमा परेको छ।

कट्टरपन्थीका रुपमा चिनिएका उनलाई भ्याटिकनको प्रशासनलाई सुधार गर्ने संभावित शक्तिका रुपमा पनि हेरिएको छ।

उनले धर्मगुरुहरु अर्थात कार्डीनलको नेतृत्व गर्नेछन्, भ्याटिकनमा बरिष्ठ कर्मचारीहरु नियुक्त गर्न शुरु गर्नेछन् र उनका पूर्ववर्ती पोप बेनेडिक्ट जसलाई पोप इमिरिटस पनि भनिन्छ सँग भेट गर्न जान पनि सक्छन्।

विहिबार विहान पोप फ्रान्सिसले उनको दिन रोम ब्यासिलिका, सान्टा मारिया म्यागियोरमा निजी प्रार्थनाबाट शुरु गरेका थिए।

‘प्रेमको यात्रा’

कार्डिनल जर्ज मारियो बर्गोग्गलियोको बुधबार भएको चयनले त्यसका प्रत्यासी धेरैलाई अचम्भित बनाएको थियो।

सन २००५ को चयन प्रक्रियाका बेला उनी पोप बेनेडिक्ट पन्ध्रौं भन्दा दोश्रोमा परेको बताइन्छ तर युरोप बाहिरबाट तेह्र सय वर्षदेखि कोही पनि पोप नबनेकाले थोरैले मात्र यस्तो अनुमान गरेका थिए।

पोप फ्रान्सिस सिस्टीन च्यापेलबाट विहिबार मध्यान्न चुनावी परिदृष्यबाट बाहिरिनेछन् र कार्डीनलहरुसँग उत्सव मनाउनेछन्। .

सप्ताह अन्तमा उनले विश्वका सन्चार माध्यमसँग विशेष समारोहमा भेटवार्ता गर्नेछन्। रोम स्थित बीबीसी संवाददाता James Robbinsका अनुसार संभवत यो उनको विश्वव्यापी दृष्टिकोण सार्वजनिक गर्ने मौका हुनेछ।

उनी चयन भएको जानकारी दिने उद्देश्यले सीस्टीन च्यापेलको चिम्नीबाट सेवा धुँवा निस्केको एक घन्टाजति पछि सेन्ट पीटर्स स्क्वायर तर्फको बाल्कोनीमा उनी देखिँदा ठूलो भीडले पोप फ्रान्सिसको अभिभादन गरेको थियो।

"हामी अब यो यात्रा शुरु गर्नेछौं एउटा भातृत्व प्रेम विश्वासको यात्रा"

नव निर्वाचित पोप फ्रान्सिस

फ्रान्सिसले आफ्नो मातृभूमी अर्जेन्टिनातर्फ संकेत गर्दै भने मेरा कार्डीनल सहधर्मीहरुले पोप पाउन पृथ्वीको अन्त्यतिर गएको देखिएको छ ।

यात्रा

उनले भने, “हामी अब यो यात्रा शुरु गर्नेछौं एउटा भातृत्व प्रेम विश्वासको यात्रा।”

अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सका ७६ वर्षीय उनी फ्रान्सिस नाम लिने पहिलो पोप हुन्। तेह्रौं शताब्दीका इटलीका सुधारवादी र जनावरप्रेमी रुपमा असीसका फ्रान्सिस जो असाध्यै गरिबीमा बाँचेका थिए।

उनका आगामी दिनहरु व्यस्त छन् जसमध्ये उनका पूर्ववर्ती बेनेडिक्ट पन्ध्रौंलाई उनको रोम बाहिर रहेको निवासमा भेट्न जानु पनि हुनेछ।।

उनका कार्डिनलहरुसँग भेट्नु हुनेछ।

र सन्चारमाध्यम र अनुयायीहरुलाई भेट्नु हुनेछ।

पोप बेनेडिक्टसँगको भेटलाई महत्वपूर्ण ठानिएको छ।

संवाददाताहरुको अनुसार अवकाशप्राप्त पोपको उपस्थितिले संभावित शक्ति संघर्षको त्रास पनि छ।

१९ मार्च मंगलबार उनलाई औपचारिक रुपमा स्थापित गरिनेछ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।