चुनावी मन्त्रिपरिषद विस्तार

पछिल्लोपल्ट अपडेट गरिएको: 18.03.13, 22:35 NST सम्मका समाचार
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी

रेग्मी नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ।

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन्।

सोमबार साँझ राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शीतल निवासमा आठजना नवनियुक्त मन्त्रीहरुलाई शपथ दिलाईएको थियो।

नवनियुक्त मन्त्रीहरुमध्ये शंकर कोइरालालाई अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति, माधव पौडेललाई शिक्षा, सूचना तथा सञ्चार र सामान्य प्रशासन, विद्याधर मल्लिकलाई संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइएको छ।

त्यस्तै छविलाल पन्तलाई भौतिक पूर्वाधार तथा यातायात र सहकारी तथा गरीबी निवारण, टेकबहादुर घर्ती थापालाई कृषि, विकास र वन तथा भू संरक्षण, रामकुमार श्रेष्ठलाई युवा तथा खेलकुद, शान्ति तथा पुननिर्माण र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जिम्मा

यसैगरी उमाकान्त झालाई उर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिँचाइ मन्त्रालय र ऋद्धिबाबा प्रधानलाई महिला, बालबालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ।

नवनियुक्त मन्त्रीहरुसंगै मन्त्रिपरिषद् अब ११ सदस्यीय भएको छ ।

यसअघि अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शपथ लिएकै दिन गृह र परराष्ट्रमन्त्रीमा माधवप्रसाद घिमिरे तथा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रीमा हरि न्यौपानेले शपथ लिएका थिए ।

चार प्रमुख शक्तिहरुबीच भएको ११ बुँदे सहमतिमा पनि मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय बनाउने र ती सबै नेपाल सरकारका पूर्व वरिष्ठ प्रशासकहरु हुने उल्लेख थियो।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।