सत्तरी पूर्व माओवादी लडाकूद्वारा सेनाको अधिकृत तालिम पूरा

  • 26 अगस्ट 2013
पूर्व माओवादी लडाकूहरु (फाईल फोटो)
Image caption १९ हजार मध्ये करिब १५ सय पूर्व लडाकूले सेनामा समायोजन हुने अवसर पाएका छन्

नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा सोमबार हुने विशेष कवाजपछि सत्तरीजना पूर्व माओवादी लडाकूहरुले उपसेनानीको दर्ज्यानी चिन्ह पाउने नेपाली सेनाले जनाएको छ।

निम्तो

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी प्रमुख अतिथि रहने समायोजित अधिकृतको आधार तालिम समापन कार्यक्रममा, मुख्य दलका शीर्ष नेताहरुलाई पनि निम्तो दिइएको नेपाली सेनाका प्रवक्ता शुरेश शर्माले बताएका छन्।

अधिकृतको आधारभूत तालिम सकेपछि उपसेनानी भन्दा माथि महासेनानिसम्मको दर्जा पाएका पुर्व लडाकू‍हरुले ६ हप्ताको पदिय तालिम पुरा गर्नेछन्।

त्यसपछि उनीहरुले आआफ्नो जिम्वेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

गत महिना साढे १३ सय जना पूर्व लडाकूले पदिक तथा अन्य दर्जाको तालिम पूरा गरेका थिए।

शान्ति प्रकियाको अनुगमन गर्न नेपाल आएको संयुक्त राष्ट्रसंघिय मिसनले प्रमाणित गरेका करिब १९ हजार पुर्व लडाकू मध्ये समायोजन रोजेर छनौट परिक्षा उर्तिण गरी करिव १५ सय जना सेनामा भर्ना भएका हुन।

अधिकृत तहमा छनौट भएका एक सहित केहीले स्वास्थको कारण देखाउँदै तालिम अवधिकै बीचमा छाडेका थिए।