तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'नेपाल बलियो टिम हो': सुनील क्षेत्री

  • 5 सेप्टेम्बर 2013

काठमाडौंमा जारी, दक्षिण एशियाली स्तरको महत्वपूर्ण फुटबल प्रतियोगिता, साफ फुटबल च्याम्पियनसीपको सेमीफाइनलमा पुग्न निर्णायक ठानिएको खेलमा आयोजक नेपाल आज भारतसंग भिड्दैछ।

अघिल्लो साफ च्याम्पियनसीपको विजेता भारतसंग आज बराबरी गरे मात्रै पनि नेपाललाई अघिल्लो चरण प्रवेशका लागि ढोका खुल्नेछ।

अन्यथा नेपालले पाकिस्तान र बंगलादेशबीच आजै हुने अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ।

नेपाली फुटबल टोलीको अपेक्षाकृत सुधारिएको खेल क्षमता र हालै फुटबलप्रति खेलप्रेमीहरुको बढ्दो समर्थनलाई दृष्टिगत गरी, नेपाली टोलीलाई पनि यस पटकको प्रतियोगितामा विजयको सम्भावना बोकेको टोलीका रुपमा हेरिंदैछ।

तर अफगानिस्तान, माल्दीभ्स र भारत जस्ता बलिया टोलीहरु नेपालका लागि ठूलो चुनौतीका रुपमा रहने खेल विज्ञहरुको विश्लेषण छ।

यसै सेरो फेरोमा हाम्रा खेल सम्बाददाता निरञ्जन राजवंशीले, भारतीय टोलीका कप्तान सुनील क्षेत्रीसंग कुराकानी गरेका छन्।