बजेटबारे असहमतिपछि अमेरिकामा संघीय काम बन्द

  • 1 अक्टोबर 2013
Image caption संघीय निकायहरू १७ वर्षपछि पहिलो पटक बन्द गर्नु परेको बताइएको छ

संयुक्त राज्य अमेरिकाको संसदमा रिप्बलिकन र डेमोक्र्याट दलहरू नयाँ बजेटबारे सहमतिमा पुग्न असफल भएपछि, दशलाख सम्म सरकारी कर्मचारीहरू काममा जान पाएका छैनन्।

व्हाइट हाउसले सरकारी निकाय, राष्ट्रिय निकुन्ज तथा संग्रहालयहरू बन्द गर्न आदेश दिएको छ।

तर हवाई उड्डयन जस्ता अत्यावश्यक सेवाहरू भने सन्चलनमा राखिएको छ।

अमेरिकामा यस किसिमको बन्द भएको १७ वर्षमा यो पहिलो पटक हो।

प्रतिनिधिसभामा बहुमत रहेको रिपब्लिकनले बजेटको विधेयक पारित गर्न राष्ट्रपति ओबामाले ल्याएका स्वास्थ्यसेवामा सुधार सम्बन्धि एक प्रस्तावलाई अहिले अगाडि नबढाउन शर्त राखेपछि गतिरोध उत्पन्न भएको बताइएको छ।

गार्हस्थ्य उत्पादन

अन्तर्राष्ट्रिय वित्तीय संस्था गोल्डम्यान स्याक्सको अनुमानमा यस प्रकारको बन्द तीन हप्तासम्म चले त्यसले अमेरिकी कूल गार्हस्थ्य उत्पादन झण्डै एक प्रतिशतले गिराइदिनेछ।

सोमबारको समयसीमा नजिकिंदै गएपछि व्हाइट हाउसले संघीय निकायहरूलाई बन्द गर्न सूचना दिएको थियो।

मध्यरातको केही बेरमै ओबामाले ट्वीटरमार्फत भने, “उनीहरूले गरेरै छाडे। प्रतिनिधिसभामा रिपब्लिकनका केही सांसदले बजेटको विधेयक सदर गर्नु सट्टा मैले ल्याएको स्वास्थ्य सम्बन्धि विधेयकलाई लिएर सरकारी निकायहरू बन्द गर्न बाध्य बनाए।“

वाशिङ्टस्थित बीबीसी संवाददाता मार्क मार्डेल भन्छन, अमेरिकी राजनीतिमा असहमति यती गहिरिएको छ कि त्यसले गर्दा सरकारले काम गर्न सकिरहेको छैन।

सरकारी निकायहरू त्यसरि बन्द गर्नु परेपनि सन् २०१० मा सरकारद्वारा सदर गरिएको स्वास्थ्यसम्बन्धि सो विधेयकको अधिकांश भाग मंगलबारदेखि लागु हुँदैछ।

सो विधेयकलाई केही समयअघि सर्वोच्च अदालतले सही ठह-याएको थियो।