पोखरामा पर्यटक विमान दुर्घटना

  • 3 अक्टोबर 2013
चिनियाँ पर्यटक
Image caption प्रत्येक वर्ष झन्डै ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गर्ने गरेका छन्।

पोखरामा दुई सिटे अल्ट्रलाइट विमान दुर्घटनामा एक पाइलट र एक चिनियाँ पर्यटकको ज्यान गएको छ।

उडानमार्फत पयर्टकहरुलाई पोखराको दृश्यवालोकन गराउने एभिया क्लबको अल्ट्रालाइट विमान बिहीवार विहान दुर्घटनामा परेको हो।

पोखरा विमानस्थल नजिकै आकाशमा मोड्ने क्रममा उक्त दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।

पोखरा विमानस्थलका कर्मचारी प्रतापबाबु तिवारीका अनुसार मृत्यु हुनेमा विमानका क्याप्टेन स्टेफन श्रेष्ठ र चिनियाँ पर्यटक सुन लीउ छन्।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन्।

पयर्टकीय नगरी पोखरामा ताल र हिमालको अवलोकन गर्न पर्यटकहरुले अल्ट्रलाइट विमान प्रयोग गर्ने गरेका छन्।