इजिप्टमा पुन: हिंसा भड्कियो, चारको मृत्यु

  • 5 अक्टोबर 2013
कायरोमा प्रदर्शनकारीहरु
Image caption मुस्लिम ब्रदरहुडका समर्थकहरुले आईतबार कायरोमा विशाल प्रदर्शन गर्ने बताएका छन्

सत्ताच्यूत गरिएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक, एवं सुरक्षाकर्मीबीच, इजिप्टको राजधानी कायरोमा झडप भएपछि, कम्तीमा ४० जना घाइते भएका छन्।

इस्लामवादी दल मुस्लिम ब्रदरहुडका समर्थकहरु, कायरोको तहरीर चोकतर्फ अघि बढ्न खोज्दा, गोली चलाइएको थियो।

तहरीर चोक

कायरोमा विरोधस्थलको प्रतीक बनेको तहरीर चोकतर्फ विरोध प्रदर्शनकारीहरुको भींड अघि बढेपछि सुरक्षाकर्मीले अश्रु ग्यास तथा गोली प्रहार गरेका थिए।

होस्नी मुबारकलाई सत्ताच्यूत गर्ने गरी सन् २०११ मा भएको आन्दोलनको केन्द्रविन्दु तहरीर चोक मोर्सी समर्थकहरुले कब्जा गर्न नपाउन् भन्ने उद्देश्यले लगत्तै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

जुलाई महिनामा मोर्सीलाई हटाइए यता भएका हिंसात्मक झडपहरुमा परी सयौं इस्लामी विरोध प्रदर्शनकारीहरु मारिएका छन्।

मुबारकको सत्ता पल्टिएपछि इजिप्टमा भएको निर्वाचनले मोर्सीलाई राष्ट्रपति चुनेको थियो।

तर सरकार नेतृत्व गरेको १३ महिना नवित्दै मोर्सीका विरोधमा ठूल्ठूला प्रदर्शन भएपछि त्यहाँको सेनाले उनको सरकार बर्खास्त गरिदिएको थियो।

त्यसपछि मोर्सीको दल मुस्लिम ब्रदरहुडका समर्थकहरुले सैनिक हस्तक्षेपको विरोधमा लगातार प्रदर्शन गरिराखेका छन्।

उनीहरुले आईतबार वृहद प्रदर्शन गर्ने बताएका छन्।

इजरायलसंगको सन् १९७३ को युद्धको ४० औं वर्षगाँठ पारेर उक्त प्रदर्शन गर्न लागिएको छ।