१०० महिला : आधा विश्वको आवाज

  • 25 अक्टोबर 2013

विश्व आर्थिक मंचले गरेको एउटा सर्भे अनुसार लैङ्गिक असमानताको अन्तर सबभन्दा कम भएको राष्ट्रमा लगातार पाँचौं बर्ष आइसलैण्ड नैं पर्न गएको छ।

यसको अर्थ हो, शिक्षा र स्वास्थ्यसेवा सम्म महिलाहरुलाई सबभन्दा समान अवसर प्राप्त राष्ट्र आइसलैण्ड नैं हो। त्यहाँका महिलाहरु देशको राजनैतिक तथा आर्थिक क्षेत्रमा पूर्ण रुपमा सहभागी हुने सबभन्दा बढी संभावना रहेको छ।

विश्वब्यापी लैङ्गिक अन्तर सम्बन्धी प्रतिवेदन २०१३ अनुसार लैङ्गिक असमानताको अन्तर सबभन्दा कम भएका अन्य राष्ट्रमा आइसलैण्डका नर्डिक छिमेकीहरु फिनलैण्ड, नर्वे र स्वीडेन पर्दछन्।

समष्टीमा हेर्दा, सन् २०१३ मा विश्वमा लैङ्गिक असमानताको अन्तर अलिकति कम भएको छ। विश्व जनसंख्याको ९३ % भन्दा बढीको प्रतिनिधित्व गर्ने १३६ राष्ट्रमा गरिएको सर्भेमा ८६ राष्ट्रमा सुधार देखिए पनि परिवर्तनको गति सुस्त छ भन्छिन्, उक्त प्रतिवेदन लेख्‍ने मध्य एक, शादिया जाहिदी।

स्वास्थ्य, शिक्षा, रोजगारी र राजनीति लगायत दैनिक जीवनका महत्वपूर्ण पाटोहरुमा बिभिन्न राष्ट्रहरुको तुलना गर्न तलका नक्शाहरु हेर्नुहोस्।