‘जिनेभा वार्ता सिरियाको लागि सुन्दर अवसर’

  • 26 नोभेम्बर 2013
विशेष दूत लखदर ब्राहिमी
Image caption सिरियाका द्वन्द्वका सबै पक्षबीच वार्ता गराउन राष्ट्रसंघ, अमेरिका र रुश निकै लामो समय देखि प्रयासरत थिए

अमेरिकी अधिकारीहरुले जिनेभा वार्ता सिरियामा संक्रमणकालीन सरकार गठन गर्ने सबै भन्दा राम्रो अवसर हुने बताए।

राष्ट्रसंघका विशेष दूत लखदर ब्राहिमीले वार्ताको निम्ति आफ‍ू सिरियाका विभिन्न पक्षसंग सम्पर्कमा रहेको बताए।

“म सरकारी र विपक्षी दुबै पक्षसंग सम्पर्कमा छु, उनीहरुले वार्ता टोलीको नाम यो वर्षको अन्त्य सम्ममा पठाउछन् भन्ने मेरो आशा छ।”

तर सिरियाली जनताको प्रतिनिधित्व कस्ले गर्छ भन्ने प्रश्न जटिल छ।

अमेरिकी अधिकारीहरुले जिनेभा वार्ता सिरियामा संक्रमणकालीन सरकार गठन गर्ने र सिरियाली जनताका दु:ख अन्त्य गर्ने ठूलो मौका हुने बताएका छन्।

विदेश मन्त्री जन केरीले जिनेभामा हुने वार्ता “सुन्दर मौका” हुने बताए।

जटिल

राष्ट्रसंघका महासचिव बान-की मुनले सिरियाका सरकारी र विपक्षी प्रतिनिधिहरु जनवरी २२ मा स्वीटजरल्याण्डको जिनेभामा भेला हुने घोषणा गरेलगत्तै उनको त्यस्तो प्रतिक्रिया आएको हो।

सिरियाका लागि विशेष दूत लखदर ब्राहिमीले वार्ताको निम्ति आफू सिरियाका विभिन्न पक्षसंग सम्पर्कमा रहेको बताएका छन्।

तर बीबीसीका जीम मिर भन्छन् सिरियाका जनताको प्रतिनिधित्व कस्ले गर्छ भन्ने प्रश्न जटिल छ।

“यक्ष प्रश्न के हो भने सिरियाका जनताको प्रतिनिधित्वक कस्ले गर्छ, विपक्षीको प्रतिनिधित्व कस्ले गर्छ, विपक्षी गठबन्धन धेरै विभाजित छ।”

“उनीहरुलाई देशमा के भइरहेको छ भन्ने थाह नभएको आरोप लाग्ने गरेको छ। फ्रि सिरियन आर्मी जस्ता समुह पनि छन् र ती पनि टुक्रा टुक्रामा विभाजित छन्।”

सिरियाका द्वन्द्वका सबै पक्षबीच वार्ता गराउन राष्ट्रसंघ, अमेरिका र रुश निकै लामो समय देखि प्रयासरत थिए।

जिनेभास्थित बीबीसी न्युजका जेम्स रेनोल्ड्स भन्छन् सिरियाका द्वन्द्वरत पक्षबीच सार्थक वार्ता गराउने कार्य निकै जटिछ।