‘ओली-गौतम समीकरण महाधिवेशनसम्म’

  • 3 फेब्रुअरी 2014
Image caption अध्यक्ष झलनाथ खनाल फेरी पनि स‌ंसदीय दलको नेता बन्ने दाउमा छन्

नेकपा एमालेमा उपाध्यक्ष बामदेव गौतम र नेता केपी ओलीबीच संसदीय दलको नेता चयनका लागी बनेको भनिएको ताजा गठबन्धन महाधिवेशनसम्म जाने नेताहरुले बताएका छन्।

वैशाखमा हुने भनिएको महाधिवेशनमा पनि गौतमले ओलीलाई अध्यक्ष पदका लागि सघाउने उनी निकट एक नेताले बताएका छन्।

‌‌संसदीय दलको नेताका आकांक्षी रहेका अध्यक्ष झलनाथ खनाललाई वरिष्ठ नेता माधव कुमार नेपालले समर्थन गर्ने तयारी गरेको बताइएको छ।

सहमति

सोमबार बस्ने केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले संसदीय दलको नेतामा उम्मेदवारी नदिन अध्यक्ष खनाललाई आग्रह गर्ने भएका छन्।

उपाध्यक्ष गौतमले आफ्नो समर्थन नेता ओलीलाई हुने बताइसकेका छन् र यो समर्थन बैशाखमा हुने एमाले महाधिवेशनसम्म निरन्तर रहने सकेत दिएका छन्।

गौतम निकट नेता यामलाल कडेँल आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तानरण गर्ने हिसावमा दुई नेतावीच सहमति भएको बताए।

“फेरी पनि नेतृत्व पुनरावृति गर्ने या नयाँ नेतृत्व स्थापित गर्ने विवाद नै नेकपा एमालेको मुल जड हो, पुनरावृति गरेर जाने कुराले नेकपा एमालेमा लागेका युवा तन्नेरीहरुको भावनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने हिसावले नै कुराकानी गरिरहेका छौ भनेर दुवै नेताहरुले भन्नुभएको छ।”

परम्परा

यसअघि खनाललाई संसदीय दलको नेता, बरिष्ठ नेता नेपाललाई राष्ट्रपतिको उम्मेदवार, ओलीलाई पार्टी अध्यक्ष र गौतमलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने अवसर दिने प्रस्तावमा भएको सहमतिको प्रयास असफल भएपछि पछिल्लो गठबन्धन बनेको श्रोतले बतायो।

झन्डै डेढ दशक एमालेको नेतृत्व गरेका नेपालले फेरी अध्यक्ष बन्ने इच्छा देखाएपछि कुनै समय एक अर्काका चर्का प्रतिद्वन्दी रहेका ओली र गौतमले नेतृत्व हस्तानरणको मुद्दामा सहकार्य गरेको श्रोतको भनाई छ।

महाधिवेशनबाट अध्यक्षमा निर्वाचीत भए एक व्यक्ती एक पदको अवधारणा अनुसार ओलीले ससदीय दलको नेताको जिम्मेवारी गौतमलाई हस्तानरण गर्ने सहमति दुई पक्ष विच भएको छ।

एमालेको संस्थापन पक्षले दुई नेताविचको गठबन्धनलाई अलोकतान्त्रिक भन्दै त्यसले अध्यक्ष नै ससदीय दलको नेता रहने पार्टीको परम्परा भत्काएको बताएको छ।

अध्यक्ष खनाल निकट नेता भिम आचार्यले भने,“पार्टी अध्यक्ष ससदमा नै रहने र अर्को व्यक्ति ससदीय दलको नेता बन्नाले पार्टीको स्थापित मान्यता भत्कने अवस्था बन्छ त्यसैले वहाँहरुले अध्यक्षलाई नै सघाउनुपर्छ।”

केन्द्रीय समिति बैठकमा शिर्ष नेतावीच कुनै सहमति नभए सविधानसभामा दोस्रो ठूलो दल निर्वाचीत भएको एमालेले मगलबार मतदानमार्फत संसदीय दलको नेता चुन्नेछ।