'त्रिवि कुलपतिको निर्देशन छिट्टै कार्यान्वयन’

  • 12 फेब्रुअरी 2014
गोविन्द केसी
Image caption केसीको समर्थनमा शिक्षण अस्पतालकै डाक्टरहरुले म‌ंगलबार सामूहिक राजिनामा दिए

मंगलबार शपथ ग्रहणपछि त्रिभुवन विश्वविद्यालयका कुलपतिको हैसियतले कोइरालाले त्रिवि पदाधिकारीलाई डाक्टर गोविन्द केसीको माग अनुसार २४ घन्टाभित्र डिन नियुक्त गर्न निर्देशन दिएका थिए।

तर शनिवारदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसिले डिन नियुक्तिबाहेक त्रिवि पदाधिकारीको राजीनामा, शिक्षण संस्थालाई स्वायत्त बनाउनुपर्ने लगायतका मागहरु आफूले राखेको भन्दै अनसन नतोड्ने मनस्थिति बनाएको बताइएको छ।

डक्टर गोविन्द केसीको चौथो पटकको आमरण अनसनकामाझ त्रिवि शिक्षण अस्पताल मंगलबारदेखि ठप्प छ।

मंगलबारसांझ त्रिविमा १ सय २० जना भन्दा बढी डाक्टरले सामुहिक राजिनामा दिइसकेको बताइएको छ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार चन्द्रमणि पौडेलले निर्देशन आउने वित्तिकै त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्यन संस्थानमा डिन नियुक्त गरिने बताए।

अनसन

“निर्देशन पाउने वित्तिकै हामी ऐन नियम अनुसार त्यसलाई कार्यान्वयन गर्छौं।”

डाक्टर गोविन्द केसीको अभियानलाई सघाइरहेको सेभ डाक्टर केसी कार्यकारी समितिका संयोजक समेत रहेका डाक्टर दिनेशविनोद पोखरेलले चांही फेरि अर्को अनसन बस्न पर्ने अवस्था आउन नहुनेमा जोड दिए।

“माग पुरा गर्नेबारे मन्त्रिपरिषदले निर्णय गरोस्, त्रिविको सिनेटले निर्णय गरोस्, र डाक्टर केसीले फेरि अनसन बस्ने स्थिति नआओस्।”

डिन नियुक्तिलगायतको विषयमा आफूले दिएको अल्टिमेटम सरकारले पूरा नगरेको भन्दै प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन थालेका हुन्।

उनले आमरण अनसन बसेको यो चौथो पटक हो।

डाक्टर केसीको समर्थनमा रहेका शिक्षण अस्पतालकै डाक्टरहरुले हिजो सामूहिक राजिनामा दिएका थिए।

नको माग पूरा नगर्दा उनको स्वास्थ्य थप जटिल बन्दै गएको भन्दै शिक्षण अस्पतालका विद्यार्थीहरु पनि आन्दोलित छन्।