‘सरकारले किनेको हतियार अल-शबाबको हातमा’

  • 15 फेब्रुअरी 2014
अल शबाबको हतियार तस्वीर कपीराइट AFP
Image caption प्रतिवेदनले सोमालियाबिरुद्ध हतियार खरिदमा पुन: प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिएको छ

सोमालियाको संघीय सरकारले सरकारी फौजहरुको लागि किनिएको हातहतियार विद्रोही समुह र इस्लामवादी समुह अल-शबाबको हातमा जाने क्रम जारी रहे अवस्था नाजुक हुन सक्ने चेतावनी राष्ट्रसंघीय प्रतिवेदनले दिएको छ।

राष्ट्रसंघको अनुगमन निकायले गत वर्ष सोमालियालाई हतियार किन्न लगाइएको प्रतिवन्ध सुरक्षा परिषदले फुकुवा गरेपछि ती हतियार किनिएको जनाएको छ।

पछिल्लो राष्ट्रसंघीय प्रतिवेदनका सोमालियाको सरकारले शक्तीको दुरुपयोग गरेका कारण हातहतियार विद्रोही समुह र इस्लामवादी समुह अल-शबाबको हातमा पुगेको हो।

सो प्रतिवेदनका अनुसार युगान्डा र जिबुटीबाट सोमालिया आएका हतियारहरुको कुनै लेखाजोखा नै थिएन।

संलग्नता

त्यस्मा जनाइएअनुसार सोमालियाका राष्ट्रपतिका एक सल्लाहकार नै विद्रोहीहरुलाई हतियार दिने योजना बनाउन संलग्न थिए।

१४ पेज लामो उक्त प्रतिवेदन राषट्रसंघको सोमालिया र इरिट्रिया अनुगमन समुहमा रहेका स्वतन्त्र विज्ञहरुको समुहले तयार पारेको थियो।

अध्ययन प्रतिवेदनले सोमालिया विरुद्ध हतियार खरिदमा पुन: राष्ट्रसंघीय प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिएको छ।

द्वन्द्वका कारण सोमालियाको अवस्था नाजुक बन्न थालेपछि सन् १९९२मा उ विरुद्ध हातहतियार खरिदमा राष्ट्रसंघीय प्रतिवन्ध लगाइएको थियो।

राष्ट्रसंघका लागि सोमाली प्रतिनिधिमण्डलले पछिल्ला आरोपहरुले सोमाली सरकारको वैधता नष्ट गरिदिने बताएको छ।