युलिया तिमोशेन्कोप्रति मिश्रित प्रतिक्रियाहरु

  • 23 फेब्रुअरी 2014
किएभको सडक तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति र विपक्षीबीच सहमतिपछी पनि युक्रेनको तनाव हटिसकेको छैन

युक्रेनकी पूर्व प्रधानमन्त्री युलिया तिमोशेन्को किएभमा देखा परेपछि इन्डीपेन्डेन्स् स्क्वायरमा भेला भएका कतिपयले उनको आलोचना गर्दै उनलाई बहिश्कार गर्दै इन्डिपेन्डेन्स् स्क्वायर छोडेका थिए।

दशौं हजार मानिससामु इन्डीपेन्डेन्स स्कायरमा ह्वील चेयरमा देखिदै उनले देशका राजनीतिज्ञहरुको आलोचना गरिन्।

राष्ट्रपति यानुकोभिच र विपक्षीदलहरुबीच भएको सहमतिपछी किएभमा विजय उत्सव मनाइएको थियो तर युक्रेनको तनाव अझै हटिसकेको छैन।

प्रशंसा

इन्डिपेन्डेन्स स्कायरमा भेलाभएका युक्रेनबासीहरुमाझ बोल्दै तिमोसेन्कोले आँखाबाट आँसु पुछ्दै हालैका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तीहरुको प्रशंसा गरिन्।

“मैंले यहाँ फरक किएभ पाँए, यो त नयाँ देश हो, यो स्वतन्त्र युक्रेन हो।”

“तपाईहरुले हामीलाई र सबैलाई नयाँ युक्रेन दिनु भएको छ, यहाँ ज्यान गुमाउने सबै सधैका लागि हाम्रा नायक हुन्।”

तिमोशेन्को दुई वर्षभन्दा बढी समयको बन्दी जीवनबाट मुक्त भएकी हुन्।

तर हाम्रा संवाददाताहरु भन्छन्, “भीडबाट कयौ मानिहरु तिमोशेन्कोले विपक्षीहरुको प्रतिनिधित्व गर्दिनन् भन्दै चिच्याउँदै अन्यत्रै लागेका थिए।”

तीनिहरु मध्ये कतिपयले बीबीसीलाई भने उनीहरु उनलाई देशको नयाँ राष्ट्रपति भएको हेर्न चाहादैनन्।

युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिच चाँही किएभ छोडेर पूर्वी युक्रेनतर्फ लागेको विश्वाश गरिएको छ।

‘खेल’

एक स्थानीय टेलिभिजनमा बोल्दै यानुकोभिचले आफू बिरुद्धका श्रृङ्खलाबद्ध कदमहरुलाई सत्ता हत्याउने खेलको संज्ञा दिए।

युक्रेनका पुर्वी क्षेत्रका प्रसाशकहरुले खार्किभ नगरमा रुशी अधिकारीहरुसंग छलफल गरेका छन्।

त्यसक्रममा उनीहरुले किएभलाई नियन्त्रणमा लिइरहेकाहरुको वैधता माथि प्रश्न उठाएको बताइएको छ।

अमेरिकाले युक्रेनमा भएका विकासहरुले त्याहाँ संवैधानिक परिवर्तन ल्याउँन सक्ने बताएको छ।

ह्वाइट हाउसले युक्रेनका जनताले आफ्नो भविष्य आफैं निर्धारण गर्नु पर्नेमा जोड दिएको छ।

तर रुशका परराष्ट्र मन्त्री सर्गेइ लाव्रोवले युक्रेनका विपक्षीहरुले यानुकोभिचसंग चुनावबारे सहमति गर्दा व्यक्त गरेको प्रतिबद्धता अनुसार काम गर्न विफल भएको प्रतिक्रिया दिएका छन्।