भ्रष्टाचार विरुद्ध कडा हुन्छु: कोइराला

  • 28 फेब्रुअरी 2014
प्रधानमन्त्री सुशील कोइराला तस्वीर कपीराइट AP
Image caption प्रधानमन्त्री कोइरालाले विकास र सुशासनबारे जनतामाझ धेरै चिन्ता रहेको बताएका छन्

प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारको पहिलो प्राथमिकता सुशासन र विकास रहेको बताएका छन्।

दुई साता अघि प्रधानमन्त्री भएका कोइरालाले आफ्नो पहिलो अन्तर्वार्ता बीबीसी नेपाली सेवालाई दिँदै उनले भ्रष्टाचारको गुनासो आउन नदिन आफ्ना मन्त्रीहरुलाई सजग गराएको बताए।

“मन्त्रीज्यूहरुले आ आफ्नो काम गर्दा कुनै शिकायत नआओस् भनेर भनेको छु। यसलाई बडो कडाईकासाथ हामीले लागु गर्नुपर्छ भनेको छु,” उनले भने।

विदेश भ्रमण

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा आगामी साता म्यानमार जान लागेका प्रधानमन्त्री कोइरालाले, नेपाली प्रधानमन्त्रीहरु जहिलेपनि पहिलो भ्रमणका क्रममा भारतनै जानुपर्ने परम्परा रहेको भन्ने विषयलाई केही मानिसको गलत सोचाईको उपजको सँज्ञा दिए।

उनले यस्ता मुद्दाभन्दा मुलुकलाई कसरी विकास गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताए।

सम्बन्धित समाचार