मलेसिया एअरलाइन्सको विमान बेपत्ता

मलेसिया एअरलाइन्सले क्वालालम्पुर विमानस्थलबाट उडान गरेको दुईघण्टापछि आफ्नो एउटा विमानसंग सम्पर्क विच्छेद भएको जनाएको छ।
दुईसय ३९ जना सवार उक्त विमानसंग भियतनामको हवाई क्षेत्रमा अन्तिम पटक सम्पर्क भएको चीनको सरकारी समाचार एजेन्सीले जनाएको छ।
मलेसिया र भियतनामका अधिकारीहरुले दक्षिण चीन सागरमा उक्त विमानको खोजी गरिरहेका उक्त विमानसेवाले जनाएको छ।
तर उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने भन्ने बारे कुनै पक्का जानकारी आफूसंगको नभएको विमानसेवाले जनाएको छ।
उक्त विमानमा १५२ जना चिनीयां यात्रुहरु रहेका छन् र चीनका विदेशमन्त्री वांग यी ले तिनीहरुको सुरक्षाका बारे चिन्ता व्यक्त गरेका छन्।
मलेसिया एअरलाइन्सले उक्त विमानमा सवार यात्रु र उडान कर्मचारीहरुका परिवारजनसंग सम्पर्क गर्दैछ।