‘रुस युक्रेनमा युद्ध चाहादैन’

  • 14 मार्च 2014
याक्सेन्युक तस्वीर कपीराइट Getty
Image caption अंग्रेजीमा बोलिरहेका याक्सेन्युकले चर्किनलाई चाँही रुसी भाषामा प्रश्न राखेका थिए

संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन वैठकमा युक्रेनका अन्तरिम प्रधानमन्त्रीले सोधेको प्रश्नको जवाफ दिदै रुसी दूत विटाली चर्किने मस्कोले युक्रेनमा युद्ध नचाहेको बताए।

चर्किनले युक्रेन हाल विभाजित देखिनुमा किएभ आफैं जिम्मेवादर भएको बताए।

य्रुक्रेनको संकटबारे सुरक्षा परिषदको आपतकालीन वैठकमा युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी याक्सेन्युकले अंग्रेजी भाषामा बोल्दै रुसलाई युक्रेनको क्राइमिया क्षेत्रबाट सेना फिर्ता बोलाउन आग्रह गरेका थिए।

तर चर्किनलाई प्रश्न राख्दा भने उनले नाटकीय रुपमा भाषा परिवर्तन गर्दै रुसीमा बोलेका थिए।

'युद्ध'

याक्सेन्युकले भने, “युक्रेन र रुसीबीच लामो समयदेखि न्यानो सम्वन्ध रहि आएको छ त्यसैले रुसले युक्रेनमा युद्ध चाहाँदैन होला?”

जवाफमा रुसी दूत भिताली चर्किनले मस्कोले युक्रेनमा युद्ध नचाहेको बताए।

“किएभ आफैले युक्रेनमा विभाजन ल्याउँदैछ, हरेक घटनाहरुलाई हेर्नु पर्छ अनि मात्र भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकारको शिद्धान्तको कुरा गर्नु पर्छ।”

क्राइमिया युक्रेनबाट छुट्टिएर रुसमा मिसिने वा नमिसिने भन्ने बारे निर्क्यौल गर्न आइतबार क्राइमियाली जनता मतदानमा भाग लिदैछन्।

यसैबीच पुर्वी युक्रेनमा रुस समर्थक र विरोधी प्रदर्शनकारीहरुबीच हिंसात्मक झडपहरु भएका विवरणहरु प्राप्त भएका छन्।