युक्रेनको नौसेना आधारमा आक्रमण

  • 19 मार्च 2014
तस्वीर कपीराइट Getty
Image caption क्राइमिया स्थित युक्रेनको दुइवटा नौसेना आधारमाथि रुस समर्थकहरुले आक्रमण गरेका छन्

क्राइमिया लाई रुसमा गाभेको घोषणा गरेको भोलीपल्ट बुधबार सयौं सशस्त्र रुस समर्थकहरुले क्राइमियाको सेभस्टोपोल बन्दरगाहमा रहेको युक्रेनको नौसेना आधारमा आक्रमण गरेका छन्।

युक्रेनले भनेको छ उसको नौसेना प्रमुखलाई आधारबाट अन्तै लगिएको छ।

केहि अघि युक्रेनी अधिकारीहरु उक्त आधारबाट बाहिरिएको देखिएको थियो।

त्यहाँस्थित भवनमा रुसी झण्डाहरु फहराउन थालेका छन्।

रुसी समर्थक अर्को समुहले क्राइमियाको पश्चिममा रहेको नौसेना आधारमा पनि आक्रमण गरेको छ।

वास्तवमा क्राइमियामाथि मस्कोबाट यस्ता आक्रमणहरु सुनियोजित रुपमा गत फेब्रुअरी देखिनै असाध्यै चलाखीपूर्ण रुपमा हुँदै आएको विश्लेषण गरेका छन् बीबीसीका जोन सीम्पसनले।

सुनियोजित आक्रमण

उनी भन्छन्: क्राइमियालाई रुसमा गाभ्ने काम आधुनिक युगको सबभन्दा चलाखिपूर्ण तरिकाले गरिएको रक्तपातविहिन आक्रमण हो।

बाहिरी विश्वले शुरु भयो भन्ने महशुस गर्नु अघि नै आक्रमणको काम पुरा भइसकेको थियो।

फेब्रुअरी महिनाभर नै सैनिक आधारहरुमा हजारौं थप सैनिकहरु पठाइए।

नागरिक स्वयंसेवीका रुपमा पनि कैयौं क्राइमिया भित्र प्रवेश गरे।

त्यो काम सुनियोजित रुपमा गोप्य रुपमा र पूर्ण सफलतासाथ गरिएको थियो।

नियन्त्रण संकेत

फेब्रुअरी २८ तारिखमा क्राइमिया लिन लागेको सबभन्दा पहिलो देखिने गरी संकेत गरिएको थियो।

त्यसदिन अरम्यानस्क र चोङगर नामका युक्रेनबाट क्राइमिया टापु प्रवेश गर्ने दुइवटा सडकमार्गमा चेकप्वाइन्टहरु स्थापना गरियो।

यि दुइ चेकप्वाइन्टरु थरि थरीका पोशाक लगाएका पुरुषहरुले नियन्त्रणमा लिएका थिए युक्रेनियन सेना युक्रेनियन प्रहरी र कुनै देशको संकेत नभएका सैन्य पोशाकहरु लगाएका समेत थिए।

कति त नागरिक भेषमा पनि थिए।

शनिबार १ मार्चमा अर्म्यानस्सकमा एकजना बीबीसीका क्यामराम्यान सहित प्रवेश गर्न खोज्दा ति मानिसहरु हामीप्रति आक्रामक थिए र धम्क्याएका थिए।

हाम्रा कैयौं सामानहरु उनीहरुले लुटे र सडक छेउमा हामी भन्दा अगाडि प्रवेश गर्न खोजेका पत्रकारका सामान खात लगाइएको देखिन्थ्यो।

ति मानिसहरुले स्थानीय बासिन्दा बाहेक अरु कसैलाई पनि भित्र प्रवेश गर्न रोकिरहेका थिए।

मलाई त्यहाँ के भइरहेको छ भन्ने ठम्याउन निकै कठीन भयो।

'रुसमा स्वागत'

जब प्रहरी पोशाक लगाएका एकजनाले रुसमा यहाँलाई स्वागत छ भने तब मात्र मैले बुझे उनीहरुको पोशाक युक्रेनियन भएपनि उनीहरु रुसको पक्षमा क्राइमियामाथि कब्जा गर्दै थिए।

मार्च दुइ तारिख आइतबार सबैकुरा सम्पन्न भइसकेको थियो।

बाहिरि विश्व रुसी पानी जहाजहरु आउलान् र क्राइमिया नियन्त्रणमा लेलान् भन्ने अपेक्षा गरिरहेका थिए।

तर त्यो भित्रभित्रै भइसकेको थियो।

आधुनिक समयमा मस्कोले तीनवटा मुख्य आक्रमणहरु गरेको छ।

नोभेम्बर १९५६ मा हंगेरी र १९६८ मा चेकोस्लोभाकिया र डिसेम्बर १९७९ मा अफगानिस्तानमा त्यसबेलाका कम्युनिष्ट समर्थक शासकहरु ध्वस्त हुन लागेका बेला।

रक्तपातविहिन कू

ति ठूल्ठूला र निर्दयी आक्रमणहरु थिए जसमा ठूलो संख्यामा सैन्य हतियार संलग्न थिए र ठूलो रक्तपात मच्चिएको थियो।

तर क्राइमियामाथिको नियन्त्रण विल्कुल फरक किसिमको रह्यो।

यो त घुसपैठ थियो न कि आक्रमण।

र हंगेरी चेकोस्लोभाकिया र अफगानिस्तानकफ विपरित स्थानीय बासिन्दाको ठूलो संख्याले स्वागत गरेका छन्।

सम्पूर्ण प्रक्रिया असाध्यै चलाखिपूर्ण तरिकाले योजना गरेर कार्यान्वयनमा ल्याइएको थियो।

तर त्यो असाध्यै छोटो समयमा सुनियोजित रुपमा गरिएको रक्तपात विहिन कू थियो भन्नेमा कुनै शंका छैन।