फ्रान्सको स्थानीय चुनावमा न्यासनल फ्रन्ट अगाडी

  • 24 मार्च 2014
फ्रान्सको स्थानीय चुनाव तस्वीर कपीराइट .
Image caption पहिलो चरणमा अगाडी आएका उम्मेदवारहरुबीच अर्को सोमबार दोस्रो चरणको चुनाव हुँदैछ

दक्षिणपन्थी न्यासनल फ्रन्टका उम्मेदवारहरु कयौ नगरहरुमा अग्रस्थानमा देखिएका छन्।

तर राष्ट्रपति फ्राँ स्वाँग ओलान्दको सोसलिस्ट पार्टीले कयौ नगरहरु धक्का व्यहोरेको छ।

पहिलो चरणमा अगाडी आएका उम्मेदवारहरुबीच अर्को सोमबार दोस्रो चरणको चुनाव हुँदैछ।

बहुमत

सोसलिस्टहरुको ऐतिहाँसिक गढ मानिएको उत्तरी नगर हिन बुँमुँमा समेत न्यासनल फ्रन्टका उम्मेदवारले बहुमत ल्याएका छन्।

सो फ्रन्टका उम्मेदवारहरु देशभरका सयौं स्थानमा अगाडी देखिएका छन्।

चुनावी परिणामबाट उत्साहित न्यासनल फ्रन्टकी नेतृ मारिन लुँ पेनले नयाँ राजनीतिक शक्तीको उदय भएको बताइन्।

“यो जितको मतलव के हो भने अव न्यासनल फ्रन्ट राष्ट्रिय तहमा मात्र महत्वपुर्ण राजनीतिक शक्ती रहेन, यो त अब स्थानीय तहमा समेत बलियो भएको छ।”

“यस्ले हामीलाई अव भविष्यमा एक बलियो विकल्प तयार पार्न मद्दत गर्ने छ।”

खिन्नता

सम्बाददाताहरु भन्छन् अधिकांस स्थानहरुमा सोसलिस्ट फ्रन्टका उम्मेदवाहरु अगाडी देखिनुले जनताको परिवर्तनको चाहाना र सत्तारुढ दलप्रतिको उनीहरुको बढ्तो खिन्नतालाई छर्लङ्ग पार्छ।

राष्ट्रपति ओलान्दलाई मतदान गरेका कयौ मतदाताहरु मतदान बहिष्कार गरेका छन्।

अब आइतबार हुने दोस्रो चरणको चुनावमा सत्तारुढ सोसलिस्ट पार्टीका उम्मेदवारहरुले थप चुनौतीको समान गर्नु पर्ने देखिन्छ।