'बेपत्ता विमान दुर्घटनाग्रस्त'

  • 24 मार्च 2014
आफन्तहरु तस्वीर कपीराइट Getty
Image caption बेइजिङमा रहेका यात्रुहरुका आफन्तले गहिरो दुख र आक्रोश व्यक्त गरेका थिए।

मलेसियाका प्रधानमन्त्री नजीब रजाकले हराइरहेको मलेसियाली विमान दक्षिणी हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको र कोही पनि नबाँचेको घोषणा गरेका छन्।

क्वालालम्पुरमा सोमबार राती आयोजित एक पत्रकार सम्मेलनलाई संबोधन गर्दै रजाकले भने, "गहिरो दुख र खेदका साथ म सूचित गर्न चाहन्छु कि नयाँ तथ्यहरु अनुसार उक्त उडान दक्षिणी हिन्द महासागरमा गएर टुँगियो।"

विश्लेषण

उनले भूउपग्रहबाट प्राप्त तथ्याँकको ब्रिटिश विशेषज्ञहरुले गरेको विश्लेषणको आधारमा उक्त विमानको उडान अष्ट्रेलियाको पर्थ शहरभन्दा पश्चिमतर्फ विकट सामुसद्रक क्षेत्रमा टुँगिएको बताए।

दुई साता अघि क्वालालम्पुरबाट बेईजिंग जांदै गरेको उक्त विमानले मलेसियाको पू्र्वमा पर्ने दक्षिण चीन सागर माथ‌िबाट अन्तिम पटक हवाइ नियन्त्रण कक्षसंग सम्पर्क गरेको थियो।

चालक दलका सदस्यसहित २३९ जना सवार उक्त विमानको खोजी लगत्तै थाल‌िए पन‌ि दुई सातासम्म कुनै ठोस जानकारी हात लागेको थिएन।

गत साता प्रधानमन्त्री रजाकले बेपत्ता भएको मलेसियाली वायुसेवाको विमानको सन्चार प्रणाली जानीजानी बन्द गरिएको बताएका थिए।

उनले प्राप्त तथ्यहरुको पछिल्लो विश्लेषणबाट अन्तिम पटक सन्चार सम्पर्क भएपछि पनि उक्त विमान झण्डै सात घन्टा आकाशमा उडेको हुनसक्ने बताएका थिए।

खोजी

त्यसपछि दक्षिण चीन सागरमा भैरहेको खोजी कार्य बन्द गरी दक्षिणी हिन्द सागरमा खोजी कार्य केन्द्रित गरिएको थियो।

मलेसियाली अधिकारीहरुले अब खोजी कार्य एउटा नयाँ चरणमा प्रवेश गरेको र सो उडानका

झण्डै दुई दर्जन मुलुकका विमान तथा पानी जहाजहरु खोजी कार्यमा संलग्न रहेका थिए।

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स लगायत अन्य भग्नावशेषको खोजी जारी रहने बताइएको छ।

बेइजिङमा रहेका यात्रुहरुका आफन्तले पछिल्लो समाचार पछि गहिरो दुख र आक्रोश व्यक्त गरेका थिए।