‘खराम मौसमका कारण खोजी प्रभावित’

  • 25 मार्च 2014

अस्ट्रेलियाको म्यारीटाइम् सुरक्षा निकायले एक विज्ञप्तीमार्फत ठूलो हावा हुरी र भारि वर्षाका कारण विमानको भग्नावशेष रहेको हुन सक्ने भनिएको क्षेत्रमा विमानहरु उड्न नसकेको जनाएको छ।

चीनका एक अधिकारीले चाँही त्यस क्षेत्रमा विमान दुर्घटना भएको निश्कर्षमा पुग्न मलेसिया सरकारले विस्तृत प्रमाणहरु पेस गर्नु पर्ने माग गरे।

सम्भाव्य भग्नावशेष देखिएको क्षेत्रमा उडान गर्न कठिन भएको र त्यहाँबाट एक अष्ट्रेलियाली नौसेनाको पानी जहाज फर्किन बाध्य भएको बताइएको छ।

अस्ट्रेलियाका एक ओसनोग्राफरले त्यहाँ खोजी कार्य अत्यन्त चुनौतिपूर्ण भएको बताए।

“हामीले कुरा गरिरहेको दक्षिणी समुद्र क्षेत्रमा संसारकै सबै भन्दा शक्तीसाली बहाव र छालहरु रहने गर्छन्। हरेक दिन त्यो फरक रहने गर्छ कहिले बहाब एकदमै कडा हुन्छ त कहिले अल कमजोर ।

“त्यसैले त्यस्तो स्थानमा विमानको भग्नावशेष जस्ता बस्तु भेट्टाउन एकमदै मुस्किल र कठिन कार्य हो।”

मलेसियाका प्रधानमन्त्री नाजिक रजकले भुउपग्रहीय तस्विरले मलेसियन एअरलाइन्सको हराएको विमानको यात्रा अस्ट्रेलियादेखि पश्चिमपट्टी समुद्र क्षेत्रमा टुंगिएको बताएका थिए।

चीनिया यात्रुका कतिपय आफन्तहरुले पनि मलेसियाको निश्कर्षबारे असन्तुष्टी जनाएका छन्।

हराइरहेको विमानमा आफ्ना बाबुआमा रहेका वाङ यिङ्लेले भने, “मेरो लागि अहिले सम्म यो ठूलो विपद हो। हाम्रो परिवारमा ठूलो अन्योल छाएको छ, हामी मलेसियाले भनेको कुरा विश्वास गर्दैनौ।”

चीनिया उप विदेश मन्त्री से हाङशेङले मलेसियाली सरकारले विमान दक्षिणी हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको निश्कर्षलाई पुष्टी गर्न विस्तृत प्रमाणहरु पेस गर्नु पर्ने माग गरेका छन्।