प्यालेष्टिनी बन्दी रिहाई अवरुद्ध

  • 4 एप्रिल 2014
आफन्त रिहाइको प्रतिक्षा तस्वीर कपीराइट AP
Image caption प्यालेष्टाइनमामा नायक मानिने उसका बन्दीहरुको रिहाई इजरेलमा अति नै अलोप्रिय बनेको ठानिन्छ

यस हप्ताको अन्तिममा गर्ने भनिएको बन्दीहरुको रिहाई प्यालेष्टाइनले अमेरिकाको समर्थनमा भएको शान्ति प्रकियाका सर्तहरु उल्लंघन गरेको भन्दै तत्काल अघि नबढाउने इजरेलले जनाएको छ।

प्यालिष्टिनी नेता महमुद अब्बासले इजरेल पुरानो वाचाबाट पछि फर्केको भन्दै १५ वटा राष्ट्रसंघीय सन्धिहरु हस्ताक्षर गर्न निवेदन दिएका थिए।

वासिङटनले भनेको छ इजरालको पछिल्लो कदमले चुनौती खडा गरेको छ।

तर त्यसले दुवै पक्षवीचको वार्तालाई निरन्तरता दिलाउने अमेरीकी विदेशमन्त्री जोन केरीको प्रयासलाई अवरोध नगर्ने ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले बताएका छन्।

एकतर्फी

एक जना इजरायली प्रवक्ताले बन्दीहरुको रिहाई रद्द गर्ने निर्णय रातभर चलेको एउटा बैठकमा प्यालिष्टिनी पक्षलाई जानकारी गराइएको बताए।

इजरेलकी कानुनमन्त्री सीपी लिभ्नीले भनिन, "नयाँ अवस्था देखिएकाले चौथो समुहका बन्दीहरुको रिहाई अघि बढ्न सक्दैन्।"

उनले प्यालेष्टाइनलाई एकतर्फी कदमहरु नचाल्न र वार्ताको टेबलमा फेरी फर्कन आग्रह गरेकी छन्।

पछिल्लो समयमा अमेरिकाले यसै महिनाको समय सीमापछि पनि वार्तालाई निरन्तरता दिने सर्तमा प्यालिष्टाइनका बन्दीहरुलाई रिहा गराउन पहल गरेको थियो।

बन्दीहरु रिहाइको बदलामा इजरायली जासुस जोनाथन पोलार्डलाई रिहा गर्ने अमेरिकाको भनाई थियो।

अवज्ञा

यसअघि तीन चरणमा गरिएको प्यालिष्टिनी बन्दीहरुलाई रिहा गर्ने कदम इजरेलभित्र ज्यादै अलोकप्रिय भएको थियो।

किनभने रिहा गरिएका मध्ये अधिकांश बन्दीहरुलाई इजरेलीहरुको हत्या गरेको आरोप लागेको थियो।

तर अमेरिकाले मध्यस्तता गरेको सहमति अनुरुप आफूहरुले नायकको सम्मान दिने गरेका ती बन्दीहरुको अन्तिम समुह पनि रिहा हुने प्यालिष्टिनीहरुले अपेक्षा गरेका थिए।

आफ्नो असन्तुष्टी सार्वजनिक गर्न उनीहरुले विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुको सदस्यता नलिने पुर्व सम्झौता तोडेका छन्।

जेरुसेलमस्थित बीबीसीका केभिन कोनोलीका अनुसार शान्ति वार्ता पछिल्तिर फर्किएको अवस्थाका लागी दुवै पक्षले एक अर्कामाथि दोष थोपरि रहेका छन्।