पूर्वी युक्रेनको अवस्थाप्रति अमेरिकी चिन्ता

  • 8 एप्रिल 2014
रुस समर्थक प्रदर्शनकारी तस्वीर कपीराइट Reuters
Image caption दानियस्क रहेका बीबीसीका सम्वाददाता भन्छन् रुस समर्थकहरुको प्रदर्शन चर्किनेक्रम रोकिएको छैन

पूर्वी युक्रेनका तीन वटा शहरहरुमा रुस समर्थक प्रदर्शनकारीहरुले सरकारी भवनहरु कब्जामा लिइरहेको खबरका माझ अमेरिकाको त्यस्तो प्रतिक्रिया आएको हो।

अमेरिकी विदेश मन्त्री जन केरीले रुसी समकक्षी सेर्गेइ लाब्रोबसंग टेलिफोनमार्फत कुराकानी गर्दै पूर्वी युक्रेनमा भइरहेका क्रियाकलापहरु स्वतस्फुर्त नदेखिएको बताएका छन्।

विदेश मन्त्री जन केरीले रुसी समकक्षी लाब्रोबसंगको कुराकानीमा पूर्वी युक्रेनको

त्यहाँको स्थितीलाई रुसले थप भड्काउन खोजे त्यस्को मूल्यु चुकाउने पर्ने बताएका थिए।

'नियोजित'

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन साकीका अनुसार पूर्वी युक्रेनका घटनाक्रम नियोजित देखिएको कुरा रुसी विदेशमन्त्रीलाई बताइएको छ।

“उहाँले विदेश मन्त्री लाब्रोबलाई पूर्वी युक्रेनी शहरहरुमा भइरहेका क्रियाकलापहरु स्वतस्फूर्त होइनन् सुनियोजित छन् भनेर स्पष्ट रुपमा भन्नु भएको छ।”

रुस समर्थक र किएभ समर्थक प्रदर्शनकारीहरुबीच पूर्वी युक्रेनमा झडपहरु भएका र सरकारी भवनहरुलाई नियन्त्रणमा लिने क्रममा कुनै कुनै स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरुबीच पनि तनाव चर्किएका विवरणहरु प्राप्त भएका छन्।

तर दुबै पक्षले आउने दश दिनभित्र प्रत्यक्ष वार्ता गर्ने सम्भावना बारे पनि छलफल गरेका छन्।

पूर्वी युक्रेनमा रुस समर्थक र किएभ समर्थक प्रदर्शनकारीहरुबीच झडपहरु भएका र सरकारी भवनहरुलाई नियन्त्रणमा लिने क्रममा कतिपय स्थानमा तनाव बढेका छन्।

समाचारहरुमा जनाइअनुसार पूर्वी युक्रेनका एक शहरमा प्रदर्शनकारीहरुले गणतन्त्र घोषणा गरे भने अर्को शहरमा रुसको पक्षमा नाराबाजी गरे।

दानियस्क रहेका बीबीसीका स्टीभ रोजनबर्ग भन्छन् रुस समर्थकहरुको प्रदर्शन चर्किनेक्रम रोकिएको छैन।