पर्यटन मन्त्रीद्वारा आधार शिविर भ्रमण

  • 24 एप्रिल 2014
सगरमाथा तस्वीर कपीराइट AFP
Image caption यसपाली सगरमाथा आरोहणको निम्ति ३०० भन्दा बढी अन्तर्राष्ट्रिय आरोहीले अनुमति लिएका छन्

सगरमाथा आधार शिविरमा विदेशी आरोही, तीनका नेपाली सहयोगी तथा शेर्पा आरोहीहरु सहभागी भएको बिहिबारको वैठकको निश्कर्षबारे पछिल्लो विवरण आइसकेको छैन।

तर त्यहाँ जानु अघि संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पर्यटन उद्योग महासाखाका प्रमुख मधुसुदन बुर्लाकोटीले बीबीसीलाई दिएको जानकारी अनुसार पर्यटन मन्त्री भीम आचार्य, पर्यटन सचिव सुशील घिमिरे र अन्य उच्च अधिकारीहरुसंगै पर्वतारोहण तथा पर्यटन क्षेत्रसंग सम्वन्धित संघ संस्थाका अधिकारीहरु टोलीमा छन्।

उनीहरु विहान हेलिकोप्टरमा आधार शिविरतर्फ गएका थिए।

उनीहरु बिहिबार दिउसो राजधानी फर्किने कार्यक्रम छ।

'सम्वोधन'

पर्यटन मन्त्री भीम आचार्य नेतृत्वको टोलीले आधारशिविरमा आरोही तथा शेर्पाहरुका चासोलाई सम्वोधन गर्ने प्रयास गर्ने बुर्लाकोटीले बताए।

“हामी त्याहाँ आरोहण परित्याग गर्ने सोच बनाएका आरोहीहरुलाई के के गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्छौं।”

गत शुक्रबार सगरमाथा आधार शिविर देखि अलि माथि आएको हिमपहिरोमा १३ नेपाली आरोहीको ज्यान गएपछि आधार शिविरको स्थिति तनाव ग्रस्त भएको हो।

सो दुर्घटनापछि केही आरोहीले यस पटक सगरमाथा नचढ्ने सोच बनाएको भन्ने विवरणहरु बाहिर आएका छन्।

यस पटक सगरमाथा आरोहणको निम्ति ३०० भन्दा बढी अन्तर्राष्ट्रिय आरोही र तीनलाई सघाउन सयौ नेपालीहरु आधार शिविर पुगेका थिए।