अपहरणको दश वर्षपछि प्रहरीकहाँ

  • 22 मे 2014
तस्वीर कपीराइट .
Image caption क्यालिफोर्नियामा एक युवतीलाई दश वर्ष बन्धक बनाएको आरोपमा इसिड्रो गारसियालाई गिरफ्तार गरिएको छ

दश वर्ष अघि पन्ध्र वर्षको उमेरमा अपहरणमा परेकी क्यालीफोर्नियाकी एक महिला जीवित फेला परेकी छन् र उनको आरोपी अपहरणकारीलाई गिरफ्तार गरिएको छ।

प्रहरीका अनुसार ति महिलाले भनेकी छन् उनलाई एउटै घरमा बस्दै आएको उनकै आमाको केटा साथी इसिड्रो गारसियाले अपहरण गरेर यौन दुर्व्यवहार गर्दै आएको थियो।

उनकी आमालाई समेत दुर्व्यवहार गरेको गारसियाले नाम नखुलाइएकी ति युवतीलाई लागु औषधले लठ्ठाएर कम्पटनको एउटा घरमा पुर्याएको थियो।

शुरुमा ग्यारेजमा बन्द गरेर राखिएकी उनलाई दशवर्ष सम्म बन्धक बनाइयो बारम्बार पीटपाट र यौन दुर्व्यवहार गरियो।

धम्की

गारसियाले परिचय लुकाउन झुठ कागजातहरु बनाएको प्रहरीबाट बच्न र कैयौं पटक ठाउँ सरेको बताइएको छ।

उनीहरुले सन २००७ मा विवाह गरेका थिए र पाँच वर्ष पछि एउटा बच्चा पनि जन्माएका थिए।

गत एक दशकमा गारसियाले ति युवतिलाई उनको परिवारले उनलाई खोज्न छोडिसकेको र यदि उनी फर्कन प्रयास गरे देश निकाला हुने कुरा बारम्बार बताउने गरेको थियो भनिन्छ।

फेसबुक सम्पर्क

ति पीडित युवतीले हालै आफ्नी बहिनीलाई फेसबुकमा सम्पर्क गरेकी थियन्।

प्रहरी भन्छ अब मुक्तिको कुनै उपाय छैन भन्ने विश्वासका साथ त्यतिका वर्ष विताएकी उनमा बहिनीसँगको सम्पर्क पछि नै प्रहरीसमक्ष जाने आत्मविश्वास बढ्दै गयो।

४१ वर्षीय गारसियालाई गिरफ्तार गरिएको छ र बलात्कार गरेको, झुठो बन्दक बनाएको लगायतका थुप्रै आरोपहरु लगाइएको छ।

स्थानीय मिडियाका अनुसार प्रहरीलाई सोमबार घरको एउटा घटना भन्न बोलाइएको थियो जहाँ ति युवतीले प्रहरीहरुलाई आफु दश वर्ष अगाडि अपहरणमा परेको बताएकी थिइन्।

अमेरिकाकै क्लीभल्याण्ड ओहायोमा एक दशक देखि अपहरणमा परेका तिन महिलाहरुको उद्दार गरिएको एक वर्ष पछि यो घटना बाहिर आएको छ।

उनीहरुलाई बन्धक बनाएका एरियल क्यास्ट्रोले सेप्टेम्बर २०१३ मा आफुलाई जन्मकैद सँगसँगै एक हजार वर्षको कैद सुनाइएपछि जेलमा आत्महत्या गरेका थिए।