जर्मनीसंग पोर्चुगल ४-० ले पराजीत

  • 17 जुन 2014
जर्मनी पोर्चुगल तस्वीर कपीराइट AP
Image caption जर्मनीका टमस मुलरले यो विश्वको पहिलो ह्याट्ट्रीक गरेर आफ्नो टोलीलाई विजयी तुल्याएका थिए। (फोटो: एपी)

जर्मनीले आफ्नो विश्वकप यात्रा शानका साथ शुरु गर्दै पोर्चुगललाई ४-० ले पराजीत गरेको छ।

उक्त खेलमा जर्मनीका टमस मुलरले यो विश्वकपमा पहिलो ह्याट्ट्रीक गर्दै आक्रामक खेल शैली प्रस्तुत गरेका थिए।

चार बर्ष अघि दक्षिण अफ्रीकामा भएको प्रतियोगीतामा पांच गोल गरेर “गोल्डन बुट” जीतेका ति २४ बर्षे खेलाडीले हालसम्म विश्वकपमा आफूले गरेको गोलको संख्यालाई आठ पुर्याएका छन्।

बार्यन म्युनिखबाट खेल्ने यि फरवार्डले पहिले पेनाल्टीलाई गोलमा बदलेका थिए, त्यसपछि जर्मनीको तेस्रो गोल र लगत्तै चौथो होल गरेका थिए।

अनावश्यक

पोर्चुगलले २-० ले पछि परेको अवस्थामा भएको एक अनावश्यक घटनामा जर्मनीका मुलरलाई टाउकोले हानेपछि डिफेन्डर पेपेलाई रातो कार्ड मार्फत गुमाएको थियो।

त्यसपछि कोच पाउलो बेन्टाको टोली खेलको रफ्तारमा फर्कन सकेको थिएन भने क्रिस्टीयानो रोनाल्डोले पनि आफ्नो खेश कौशल देखाउने उस्तो अवसर पाउन सकेनन्।

खेल सकिनु धेरै समय बांकी छंदै जर्मनीको जीत स्पष्ट भैसकेको थियो र अब समूह जी मा उक्त टोली अग्रणी स्थानमा रहेको छ। यसबाट सन् १९९० पछि जर्मनीले पहिलो पल्ट विश्वकप जित्न सक्ने आशा बढेको देखिएको छ।

जर्मनीका फरवार्ड टमस मुलर: “म गत तीनवटा ठूलो स्तरका खेलहरुमा सहभागी थिएं त्यही भएर यस्ता खेलहरुमा हुने दबाबप्रति म अभ्यस्त छु।“

“एउटै खेलमा तीनवटा गोल प्रहार गर्न सक्नु यो गजबको अनुभव हो। तर यस्को जस टोलीका बांकी खेलाडहरुलाई पनि दिनु पर्छ।“

“मैले पेपेको मुक्का लागेको मात्र थाहा पाएं, त्यसपछि के के भयो म खासै सम्झन सक्दिनं।“

तस्वीर कपीराइट AFP Getty Images
Image caption जीत पछि जर्मनी समुह जी को अग्रस्थानमा पुगेको छ
तस्वीर कपीराइट Reuters
Image caption खेल विज्ञहरुले अनावश्यक भनेका घटनामा पोर्चुगलका पेपे ले जर्मनीका मुलरलाई टाउकोले हानेपछि रातो कार्ड पाएका थिए