घाना विरुद्ध अमेरिकाको १-२ को जीत

  • 17 जुन 2014
अमेरिकाका  क्लिन्ट डेम्प्सी तस्वीर कपीराइट Getty
Image caption अमेरिकी खेलाडी क्लिन्ट डेम्प्सीले खेलको २९ औं सेकेण्डमा गोल गरेका थिए

समूह जी को आफ्नो शुरुआती खेलमा जन ब्रुक्सले अन्तिम समयतिर हेड गरेर गरेको गोलका साथै अमेरिकाले नाटकीय जीत हासिल गरेको छ।

खेल शुरु भएको २९ सेकेण्डमा क्लिन्ट डेम्प्सीले गोल गरेर अमेरिकालाई अग्रता दिएका थिए।

जुन विश्वकपको इतिहासमा नै सबैभन्दा छिटो गरिएको पांचौं गोल रेकर्ड थियो।

त्यसपछि घानाका आन्द्रे आयुले अंक बराबर तुल्याएर खेलको रफ्तार बढाएका थिए।

अमेरिका थकित देखिन लागेको बेला ब्रुक्सले कर्नर प्रहारबाट पाएको बललाई गोल पोस्टदेखि छ गजको दुरीबाट हेड गरी आफ्नो टोलीलाई विजयी तुल्याएका थिए।

बदला

यो विजयसंगै संयुक्त राज्य अमेरिकाले विगतको दुईवटा विश्वकप प्रतियोगीताहरुमा घानाबाटै पराजीत भै “नक आउट” हुनु परेको घटनाको बदला समेत लिएको छ।

खेलको उत्तरार्धमा घानाको दबदबा रहेको अवस्थामा अमेरिकी टोली थकित देखिन्थ्यो र जीत अलि मुश्किलै देखिन्थ्यो।

अब यो विश्वकपको समूह चरणको बांकी खेलमा दुवै टोलीले जर्मनी र पोर्चुगलको सामना गर्नु पर्नेछ।

चार बर्ष अघि युरुग्वेसंगको खेलमा थप समयको अन्तिम घडीमा प्राप्त पेनाल्टीबाट आफ्ना खेलाडी जियानले गोल गर्न नसकेपछि घाना विश्वकपबाट बाहिरीनु परेको थियो।

संयुक्त राज्य अमेरिकाका ब्यवस्थापक योर्गन क्लिन्समन्:

“हामीले ‌अन्तिम समयसम्म नै पुरा जोशका साथ जुझारु भएर खेल्यौं। खेल प्रतिस्पर्धात्मक रह्यो तर अन्तत: यो सुखदायी अनुभव रह्यो।“

“हामीले सुधार गर्नु पर्ने कुराहरु पनि छन्। हामीलाई बल आफूसंगै राखिरहनका लागि समस्या परेको देखियो।“

घानाका कोच क्वेसी आपीयाह:

“म के भन्न सक्छु भने यो निकै कडा खेल थियो। यस्तो उच्चस्तरमा खेल्दा सानो भन्दा सानो गल्ती पनि महंगो सावित हुन सक्छ।“

“मलाई लाग्छ पहिलो गोलले हामीलाई केहि असन्तुलित तुल्यायो, तर खेलको अन्त्य यस्तो प्रकारले होला भनेर मैले सोचेको थिइनं।“