विश्वकपमा आज: आठौं दिनको खेल र अनुमान

  • 19 जुन 2014
साओ पाउलोमा इंग्ल्याण्डको टोली तस्वीर कपीराइट Federacao Inglesa
Image caption इंग्ल्याण्डले विश्वकप यात्रालाई सहि बाटोमा ल्याउन निकै मेहनत गर्नुपर्नेछ

इंग्ल्याण्डले आज युरुग्वे विरुद्धको महत्वपूर्ण खेलका लागि साओ पाउलो तर्फको यात्रा गर्दा आफ्नो विश्वकप अभियानलाई ठिक बाटोमा ल्याउन ठूलो प्रयास गर्नुपर्नेछ।

आठौं दिनका प्रतियोगीताका बारे बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सन् को अनुमान।

कोलम्बीया र आइभरी कोष्ट

“विश्वकपको आफ्नो पहिलो खेलमा ग्रीसका विरुद्ध कोलम्बीया प्रभावशाली रुपमा प्रस्तुत भएको थियो।

"तिनीहरुले केहि अप्ठ्यारा विपक्षका सामु तिब्र गतिको खेल पस्केका थिए।

"यो प्रतियोगिताका लागि उनीहरुले गरेका तयारी ठीक ठाउंमा परेको जस्तो देखिएको छ।“

“आज प्रतिस्पर्धा गर्ने टोलीहरु यो समूहका उत्तम टोलीहरुमा पर्दछन् र दुवैलाई थाहा हुनु पर्छ की खेलमा पराजीत नहुनु निकै महत्वपूर्ण छ।“

तस्वीर कपीराइट Getty
Image caption विश्वकपको आफ्नो पहिलो खेलमा कोलम्बीया प्रतिस्पर्धी विरुद्ध बलियो रुपमा प्रस्तुत भएको थियो

युरुग्वे र इंग्ल्याण्ड

“युरुग्वेका लुई सुआरेजले इंग्ल्याण्डलाई पुर्याउन सक्ने क्षतिका बारे निकै चर्चा परिचर्चा भैरहेको छ तर उनले मे ११ तारिख देखि यता कुनै पनि खेल खेलेका छैनन्।

"अहिले उनलाई लागेको चोट निको भैसकेको भएता पनि आजको खेलका लागि उनी पूर्ण तन्दूरुस्ती भैसकेका नहुन पनि सक्छन्।“

“ म खेलमा इंग्ल्याण्ड जितोस् भन्ने पक्षमा छु र इटलीसंग हारेको भएता पनि तिनीहरुले रणनीतिमा उस्तो परिवर्तन गर्नु पर्छ जस्तो मलाई लाग्दैन।

"तर म भएको भए रुनीलाई १० नम्बर को स्थानमा खेलाउंथें किनकी महत्वपूर्ण क्षेत्रमा उनको क्षमताको प्रयोग हुनु पर्छ।“

तस्वीर कपीराइट Reuters
Image caption युरुग्वेका लुई सुआरेज चर्चित खेलाडी हुन तर उनको तन्दुरुस्तीका बारे प्रश्नहरु उठेका छन्

जापान र ग्रीस

“कोलम्बीयासंगको खेलमा ग्रीसको प्रदर्शन अब्बल देखिएन र मलाई लाग्छ जापान पनि तिनीहरु भन्दा शक्तिशाली देखिन सक्छन्।

"यदि जापानीहरुले ग्रीकहरुको शारिरीक क्षमतालाई राम्रोसंग बुझ्न सके भने तिनीहरुले खेल जीत्न पनि सक्छन्।“