इंग्ल्याण्ड विश्वकपबाट बाहिरिने संघारमा

  • 20 जुन 2014
वेएन रुनी  विश्वकपमो पहिलो गोल गर्दै तस्वीर कपीराइट AFP
Image caption इंग्ल्याण्डका वेएन रुनीले खेल बराबरी पारेका भएपनि त्यसपछिको सुआरेजको गोल निर्णायक बन्न पुग्यो

साओ पाउलो स्थित रंगशालामा युरुग्वेका लुइ सुआरेजले आफ्नो टोलीलाई विजयी तुल्याएपछि, पराजीत टोली इंगल्याण्ड विश्वकपबाटै बाहिरिने संघारमा पुगेको छ।

लिभरपुल फुटबल क्लबबाट खेल्ने ति स्ट्राइकर सुआरेज, घुंडाको चोटका कारण एक महिना पछि पहिलो पल्ट खेलमा फर्किएका थिए।

र उनको ‌फिर्ती इंग्ल्याण्डका लागि दुर्भाग्य सावित भयो।

खेलमा मध्यान्तर अघिको चरणमा सुआरेजले हेड गरेर गरेका गोलले युरुग्वेलाई अग्रता दिलाएको थियो।

धुमिल

त्यसपछि इंग्ल्याण्डका वेएन रुनीले विश्वकपमा नै आफ्नो पहिलो गोल गरेर समर्थकहरुमा जगाएको आशा केहि मिनेटपछि नै सुआरेजले गरेका अर्को गोलबाट धुमिल हुन पुगेको थियो।

अब यो खेलमा हार भएपछि रोए हजसनको इंग्ल्याण्ड विश्वकपबाट बाहिरिने सम्भावना एकदमै चर्को छ।

तस्वीर कपीराइट Getty
Image caption चोटका कारण एक महिना पछि मात्र खेलमा फर्केका सुआरेजको प्रदर्शन इंग्ल्याण्डको लागि घातक बन्न पुग्यो

शुक्रबार हुने समूह डी को खेलमा यसअघि इंग्ल्याण्डलाई हराएको इटलीले कोस्टारिकालाई पराजीत गर्न सकेन भने इंग्ल्याण्डको यस पटकको विश्वकप यात्रा टुंगीनेछ। इटलीले युरुग्वेसंगको अन्तिम खेलमा पनि विजय हासिल गर्नु पर्नेछ।

तस्वीर कपीराइट AP
Image caption इंग्ल्याण्डका कोचले खेलमा रुनीको स्थानमा केहि परिवर्तन गरेका थिए तर खेलले गति लिन सकेको देखिएन

इंग्ल्याण्डले आगामी मंगलबारको खेलमा कोस्टारिकालाई पनि हराएपछि मात्र गोल अन्तरको हिसाबले अर्को चरणमा प्रवेश गर्न पाउने छ।

यस्तो जटिल सम्भावनाको हिसाब किताब आफ्नो ठाउंमा छ तर विश्वकपमा दुई वटा प्रारम्भिक खेल हारेर कुनै पनि टोली अर्को चरणमा पुगेको छैन।