जर्मनी र घाना बराबरीमा

  • 22 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption अन्तिम समयमा जर्मनीले गोल गरेपछि घानासँगको गोल बराबरीमा टुंगिएको छ

ब्राजीलमा जारी विश्वकपको शनिबार भएको खेलमा घाना र जर्मनीले दुइ दुइ गोल हानेर रोमान्चक बराबरीमा पुगेका छन्।

जर्मनीका मिरोस्लाभ क्लोजले घाना विरुद्धको नाटकीय र उच्च प्रतिस्पर्धी खेलमा आफ्नो देशलाई बराबरीमा मात्र पु्र्याएका होइनन्; विश्व कप इतिहासमै धेरै गोल हान्ने संयुक्त रेकर्ड बनाएका छन्।

जर्मनहरुले मध्यान्तर पछिको अन्तिम तिर हात पारेको गोलले खेल बराबरीमा पुर्याएको थियो।

दुवै देशले दुइ दुइ गोल गरेका थिए।

खेलाडि क्लोज अब ब्राजीलका पूर्व खेलाडी रोनाल्डो जस्तै विश्वकपमा १५ गोल गर्ने खेलाडीको रेकर्ड राख्न पुगेका छन्।

तीब्र प्रतिस्पर्धा

त्यसअघि अर्जेन्टिनाले इरानलाई शुन्यका विरुद्ध एक गोलले जितेको थियो र नाइजेरिययाले बोस्नियालाई जितेको थियो।

विश्वकप विजेता अर्जेन्टिना र तुलनात्मक रुपमा कमजोर इरानबीच भएको खेल पनि अन्तिम समयसम्म तीब्र प्रतिस्पर्धात्मक रह्यो।

अन्तिम समयमा अर्जेन्टिनाका लायोनेल मेसीले गोल हानेपछि अर्जेन्टिनाका प्रशंशकहरुलाई राहत भएको थियो।

खेल शुरु हुनु अघि विशेषज्ञहरुले अर्जेन्टिनालाई खेल जित्न असाध्यै सहज हुने भविष्यवाणी गरेका थिए तर थपिएको समयमा बल्लबल्ल गोल हानेर मेसीले अर्जेन्टिनालाई हार्दाहार्दै जिताए।

रक्षापंक्ति

खेल अवधिभर इरानको रक्षा पंक्तिका खेलाडिहरुले अर्जेन्टिनाको हरेक आक्रमण विफल बनाइदिएका थिए।

तस्वीर कपीराइट Getty
Image caption अर्जेन्टिनाका लायोनेल मेसीले अन्तिमतिर गोल गरेपछि इरान पराजित भयो

अर्जेन्टिनाले यस अघि बोस्निया हर्जगोविनालाई पनि मुश्किलले जीतेको थियो।

अर्जेन्टिनासँगको उच्च प्रतिस्पर्धात्मक खेलकै कारण इरानमा हारेर पनि उत्सव मनाइएको खबर छ।

त्यहाँका राष्ट्रपतिले घरेलु टीमको ट्वीटर मार्फत खुलेर प्रशंशा गरेका छन्।

आइतबार बेल्जियम र रुसबीच दक्षिण कोरिया र अल्जेरियाबीच र तथा अमेरिका र पोर्चुगलबीच खेल हुनेछ।