विश्वकप: बाह्रौं दिनको खेल तथा अनुमान

  • 23 जुन 2014
ब्राजीलको कोच लुइस् फेलिपे स्कोलारी तस्वीर कपीराइट Reuters
Image caption स्कोलारीको व्यवस्थापनमा रहेको टोली ब्राजीलले अघि बढ्न एक अंकमात्र हासिल गरे पनि पुग्नेछ

आज सोमबार निश्चय नै बडो चहलपहलवाला दिन रहेको छ।

समूह ए को खेलहरुमा आयोजक ब्राजील, मेक्सिको र क्रोएशिया तीनै वटा टोली आगामी चरणमा प्रवेश गर्नका लागि तंछाडमछाड गर्दैछन्।

लुइस् फेलिपे स्कोलारीको ब्राजील सुरक्षित रहन सक्छ किनकी उक्त टोलीलाई अब समूह चरणबाट बाहिरिसकेको क्यामरुनसंग खेल बराबरी गरे मात्र पुग्छ।

ब्राजील जस्तै चार अंक प्राप्त गरेको मेक्सिकोको भिडन्त भने क्रोएशियासंग हुंदैछ।

क्रोएशियाले जितेमा उ अर्को चरणमा पुग्छ, बराबरी मात्रै भयो भने मेक्सिको अगाडी बढ्छ।

समूह बी को पनि आज अन्तिम खेलहरु हुंदैछन्।

नेदरल्याण्डस् र चिली दुवैको छ अंक रहेको छ। यि दुवै टोली अर्को चरणमा पुगीसकेका छन्।

आजको खेलमा चिलीले नेदरल्याण्डस् लाई पराजीत गरि शिर्ष स्थान हासिल गर्ने र अर्को चरणको खेलमा ब्राजीलसंगको सम्भावित प्रतिस्पर्धालाई टार्ने प्रयास गर्न सक्छ।

तस्वीर कपीराइट Getty
Image caption सोमबारको खेलमा ब्राजील विजय भएमा उ समूहको अग्रस्थानमा रहेर दोस्रो चरणमा प्रवेश गर्नेछ

आज सोमबारकै अर्कै प्रतिस्पर्धामा अष्ट्रेलिया र स्पेनबीच कुनै प्रभाव नपर्ने प्रतियोगीता हुंदैछ।

आज सोमबार बाह्रौं दिनको खेलहरुका बारे बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सन को विश्लेषण र अनुमान:

क्यामरुन र ब्राजील, समूह ए

“आजको खेलमा ब्राजील विजयी भएर समूहको अग्रस्थानमा रहन सक्नेछ तर हालसम्मका प्रतियोगीताहरुमा ब्राजीलको प्रदर्शन उल्लेखनीय रहेको छैन।“

“तिनीहरुको यस अघिको समूह चरणको खेलमा मेक्सिको विरुद्ध तिनीहरुलाई संघर्ष गर्नु परेको थियो।

"तिनीहरुले निकै सुस्त गतिमा बललाई अघि बढाएको भान हुन्छ।“

तस्वीर कपीराइट
Image caption समूह ए मा क्रोएशिया तीन अंक सहित हाल तेस्रो स्थानमा रहेको छ

क्रोएशिया र मेक्सिको, समूह ए

“यो खेलमा मेक्सिकोले अंक जित्न सक्छ।

ब्राजीलसंगको तिनीहरुको प्रतिस्पर्धा प्रभावकारी रहेको थियो।

तिनीहरु तीनजना सेन्टर-ब्याक सहित खेल्छन् तर राफाएल मार्केज पछाडीबाट एकाएक अगाडी आउने गर्छन्।

ओरिबे पेराल्टाको खेल पनि उल्लेखनीय रहेको थियो।“

अस्ट्रेलिया र स्पेन, समूह बी

“यो स्पेनका लागि एक युगको अन्त्य हो, त्यसैले तिनीहरुले केहि सिमितताहरु सहितको अष्ट्रेलियाका विरुद्ध प्रस्तुत हुनेछन्।“

“अष्ट्रेलियालाई यस पटक भाग्य केहि साथ दिएको जस्तो देखिएन जस्ले नेदरल्याण्ड्स विरुद्धको खेलमा केहि हात पार्न सकेनन्।“

तस्वीर कपीराइट Getty
Image caption यो विश्वकपमा नेदरल्याण्ड्सले बलियो खेल खेल्दै आएको छ

नेदरल्याण्ड्स र चिली, समूह बी

“नेदरल्याण्ड्सका खेलाडीहरुले बलियो खेल खेल्दै आएका छन्।

"र तिनीहरुले प्रसस्त गोलहरु गरेका छन्।“

“चिलीको खेल पनि निकै बलियो रहेको छ र तिनीहरुको तीब्र गतिको खेल शैलीले यो पटकको विश्वकपमा धेरैलाई अप्ठ्यारोमा पार्न सक्नेछ।“