विश्वकपमा आज: तेह्रौं दिनको खेल र अनुमान

आज मंगलबार विश्वकप फुटबल प्रतियोगितामा समूह डी को अन्तिम खेल इंग्ल्याण्ड र कोस्टारिकाबीच हुंदैछ।
तर प्रतियोगिताबट बाहिरिसकेको इंग्ल्याण्डलाई आजको खेल नतिजाको हिसाबले कुनै महत्व राख्दैन।
आजको खेलहरुका नतिजाबाट अन्य सात वटा टोलीहरुको विश्वकप भविष्य भने निश्चय नै प्रभावित हुनेछ।
विश्वकपको १३औं दिनका खेलहरु बारे बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सनको विश्लेषण र अनुमान:
कोस्टारिका र इंग्ल्याण्ड, समूह डी
“संयुक्त राज्य अमेरिकाको व्यवस्थापक योर्गेन क्लिन्समनले केहि समय देखि नै कोस्टारिका एउटा राम्रो टिम भएको भन्दै आएका थिए र यसपटकको विश्वकपमा तिनीहरुले त्यो सावित गरेर देखाएका छन्।
"तिनीहरु छिटो र बलिया छन् र आफ्नो समूहमा सबैभन्दा राम्रो टोलीका रुपमा देखा परेका छन्।“
“मैले इंग्ल्याण्ड दोस्रो चरणमा पुग्ने अनुमान गरेको थिएं तर खेलमा त्यसो हुन सकेन।
"र मलाई लाग्छ तिनीहरुको निम्ति यो विश्वकपको अन्त्य अर्को हारबाट नै हुन सक्छ।“
इटली र युरुग्वे, समूह डी
“यो वास्तवमै अन्तिम १६ स्थानमा पर्नका लागि हुने प्रतिस्पर्धा हो।
"यद्यपी खेल बराबरीमात्रै भएमा पनि इटली गोल अन्तरको आधारमा अर्को चरणमा प्रवेश गर्न सक्छ।“
ग्रीस र आइभरी कोस्ट, समूह सी
“ आइभरी कोस्ट गोल गर्न सक्ने क्षमता भएको टोली हो। कोलम्बियासंगको हार भएको खेलमा अन्तिम आधा घण्टाको अवधिमा डिडिएर ड्रोग्बा, सालोमोन कालु र याया टोउरोहरुले मिलेर सजीलै खेल बराबरीमा पार्न सक्ने अवसर थियो।“
“ग्रीसलाई थाहा छ की यो खेलमा जीत भएमा तिनीहरु अर्को चरणमा प्रवेश गर्न सक्छन् तर यस पटकको विश्वकपमा तिनीहरु त्यस्तो राम्रो देखिएका छैनन्।
"एक गोल खाने वित्तिकै तिनीहरुलाई जीत्न मुश्किल पर्न सक्छ।“
जापान र कोलम्बिया, समूह सी
“कोलम्बियाले आइभरी कोस्टलाई जीतेका बेला म उक्त खेलमा उपस्थित थिएं र मलाई प्रभावित पारेका टोलीहरु मध्ये तिनीहरु पछि पर्छन्।“
“जेम्स रोड्रीगेज निकै सकृय खेलाडी हुन् र मारीयो येपेस पनि राम्रा छन्।“
“जापानले अघि बढ्नका लागि कुनै पनि हालतमा आजको खेल जित्नु पर्छ तर त्यस्तो होला जस्तो मलाई लागेको छैन।