विश्वकपमा आज: चौधौं दिनका खेल र अनुमान

  • 25 जुन 2014
इरानी खेल प्रशंसकहरु तस्वीर कपीराइट AFP
Image caption अर्जेन्टीनासंग पराजीत भएको भए पनि इरानका समर्थकहरुले खुशीयाली मनाएका थिए

के इरान विश्वकपको आगामी चरणमा पुग्न सक्ला? खेलको समीकरण मिलेमा त्यो हुन नसक्ने सम्भावना भने होइन।

समूह एफ को आफ्नो दोस्रो खेलमा अर्जेन्टीनाको कडा प्रतिरोध गरेको भएपनि अतिरिक्त समयमा लियोनेल मेस्सीले गरेका गोलका कारण इरान पराजीत हुन पुगेको थियो।

तर आज बुधबारको खेलमा बोस्नीया-हर्सगोविनालाई हराउन तिनीहरु सफल भएमा र नाइजेरिया अर्जेन्टीनासंग पराजीत भएमा इरान अन्तिम १६ मा पुग्न सक्ने सम्भावना रहन्छ।

समूह इ को खेलमा, इक्वेडरसंग खेल्न लागेको फ्रान्स समूहको शिर्ष स्थानमा रहंदै अर्को चरणमा पुगीसकेको छ।

आज बुधबारका खेलहरुका बारे बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सनको विश्लेषण र अनुमान:

तस्वीर कपीराइट Reuters
Image caption बोस्नीया-हर्सगोविना विश्वकपबाट बाहिरीसकेको भएपनि तर उनीहरुको प्रस्तुती कमजोर नहुने अनुमान छ

बोस्नीया-हर्सगोविना र इरान, समूह एफ

“इरान ब्राजीलमा लामै समयसम्म टिक्न सक्ने टोलीको रुपमा देखिएको थियो तर दोस्रो खेलमा अर्जेन्टीनासंग हार्नु तिनीहरुका लागि दुर्भाग्यपूर्ण रह्यो।“

“बोस्नीया-हर्सगोविना पहिले नै विश्वकपबाट बाहिरिसकेको छ तर तिनीहरु आजको खेलमा खुकुलो रुपमा प्रस्तुत होलान् जस्तो लाग्दैन।“

नाइजेरिया र अर्जेन्टीना, समूह एफ

“अर्जेन्टीना अर्को चरणमा पुगीसकेको छ, तिनीहरुसंग मिसिनका लागि नाइजेरियालाई खेल बराबरी पारे मात्र पुग्छ, जुन सम्भव देखिन्छ।“

“इरानले जस्तै तिनीहरुले पनि अर्जेन्टीनाका विरुद्ध अवसरहरु पाउने छन्।“

तस्वीर कपीराइट AP
Image caption फ्रान्सले यो विश्वकपमा धेरै गोलहरु गरेको भएपनि उ बलियो टोलीको रुपमा देखिएको छैन

इक्वेडर र फ्रान्स, समूह इ

“फ्रान्सले यसपाली धेरै गोलहरु गरेको भएपनि तिनीहरु बलियो टोलीको रुपमा देखिएका छैनन्, तर तिनीहरुलाई हराउन अर्को बलियो टोली नै चाहिन्छ।“

“मिडफिल्डमा तिनीहरु एकदमै जुझारु र प्रतिस्पर्धी देखिएका छन् भने अग्रपंक्तिमा पनि तिनीहरुका सामु विभिन्न विकल्पहरु छन्।“

होन्डुरस र स्वीट्जरल्याण्ड, समूह इ

“यो खलेमा जीत्ने ‌ वित्तिकै स्वीट्जरल्याण्ड स्वत: दोस्रो चरणमा पुग्दैन। त्यसका लागि फ्रान्सले इक्वेडरलाई हराउनु पर्छ, जुन होला जस्तो छ।“

“स्वीस खेलाडीहरु केहि शक्तिशाली देखिन्छन् र त्यसैबाट तिनीहरुले होन्डुरसलाई पराजीत पनि गर्न सक्छन्।“