विश्वकपमा आज: पन्ध्रौं दिनका खेल तथा अनुमान

  • 26 जुन 2014
पोर्चुगलका  क्रिस्टीयानो रोनाल्डो तस्वीर कपीराइट Getty
Image caption पोर्चुगलका क्रिस्टीयानो खेलका लागि पूर्ण तन्दूरुस्त अवस्थामा रहेका देखिंदैन

विहीबार विश्वकप प्रतियोगीताको १५ औं दिनका खेलहरुमा समूह चरणका अन्तिम खेलहरु हुंदैछन्।

त्यसपछि यो प्रतियोगीतामा आराम गर्ने पहिलो दिन हुनेछ।

बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सनको विश्लेषण र अनुमान:

पोर्चुगल र घाना, समूह जी

“ पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो पूर्ण रुपमा तन्दूरुस्त छैनन् भन्ने त स्पष्ट नै छ। र उनी विना पोर्चुगलको अवस्था त्यस्तो बलियो देखिने छैन।“

“घानाले जर्मनी विरुद्धको खेलमा कडा प्रदर्शन गरेको थियो।

"तर तिनीहरुको समस्या भनेको खेलाडीहरु खेल जित्नमा भन्दा आफ्ना व्यक्तिगत प्रतिष्ठा बढाउने काममा बढी तल्लीन भए जस्तो देखिन्छ।“

तस्वीर कपीराइट AFP
Image caption जर्मनीलाई यसअघिको खेलमा घानाले कडा चुनौती दिएको थियो

संयुक्त राज्य अमेरिका र जर्मनी, समूह जी

“अमेरिकीहरु जर्मनीले घानालाई हराइदिएको भए हुन्थ्यो र आजको खेल खेल्नु भन्दा अघि नै अर्को चरणमा पुगेको भए हुन्थ्यो भन्ने चाहन्थे।“

“ आइतबार नै पोर्चुगलसंगको खेलमा अमेरिकाले राम्रो नतिजा ल्याउने आशा मैले गरेको थिएं तर अब तिनीहरु समूह जी को अर्को खेलमा आउने नतिजाको आधारमा आगामी चरणमा पुग्ने हो की होइन भनेर कुर्नु पर्ने अवस्थामा देखिन्छन्।“

तस्वीर कपीराइट AFP
Image caption अल्जेरियासंगको खेलमा रुसीहरुले राम्रो प्रदर्शन गर्ने आशा राखिएको छ

अल्जेरिया र रुस, समूह एच

“दक्षिण कोरियासंगको खेलमा म रुसीहरुबाट निकै निराश भएको थिएं।“

“अल्जेरियासंगको खेलमा भने फाबियो कापेल्लोको टोलीले केहि गर्ला की भन्ने आशा राखेको छु।“

तस्वीर कपीराइट Getty
Image caption दक्षिण कोरियाको खेल सुसंगठीत र तन्दूरुस्त देखिएको छ

दक्षिण कोरिया र बेल्जीयम, समूह एच

“अल्जेरिया विरुद्धको खेलमा बेल्जीयमले ढिलो मात्र गोल गर्न सकेको थियो।

"तर त्यसबाट खेलमा कुनै पनि बेला परिवर्तन ल्याउन सक्ने तिनीहरुको कौशलको पनि प्रदर्शन हुन पुगेको थियो।“

“दक्षिण कोरिया सुसंगठीत छ र तिनीहरु तन्दुरुस्त पनि छन्। तर तिनीहरुमा वास्तविक गुण भने देखिएको छैन।“