विश्वकपमा आज: बीसौं दिनको खेल र अनुमान

  • 1 जुलाई 2014
लियोनेल मेस्सी तस्वीर कपीराइट Getty
Image caption अर्जेन्टीनाका लियोनेल मेस्सीले यो विश्वकपमा आफ्नो कौशल देखाउन बांकी नै रहेको ठानिन्छ

के यो विश्वकप पछि अर्जेन्टीनाका लियोनेल मेस्सीले टोलीलाई विजयी तुल्याइ आफूलाई पेले र म्याराडोनाको दर्जामा पुर्याउन सक्लान?

आज मंगलबार ति २७ बर्षे खेलाडीका सामु त्यस्तो लक्ष्यको नजीक पुग्न सक्ने अवसर उपलब्ध हुन सक्छ।

आजका मेस्सीको चर्चा त हुने नै छ तर अन्य खेलहरु पनि कम चाखलाग्दा हुने छैनन्।

बीबीसी स्पोर्टका फुटबलविज्ञ मार्क लरेन्सनको विश्लेषण तथा अनुमान:

तस्वीर कपीराइट Reuters
Image caption स्वीट्जरल्याण्डको टोलीले अन्तिम १६ को समूहमा पर्नका लागि निकै परिश्रम गर्नुपरेको थियो

अर्जेन्टीना र स्वीट्जरल्याण्ड

“अन्तिम १६ मा पुग्नका लागि स्वीट्जरल्याण्डले समूह चरणको खेलमा निकै उतारचढावको अनुभव गर्नु परेको थियो।

"तर आजको खेलमा तिनीहरुको विश्वकपको यात्रा टुंगीन सक्छ।“

“अर्जेन्टीनासंग स्ट्राइकर सेर्जीयो आगुएरो हुने छैनन् तर आवश्यक परेको बेला गोल गर्न तिनीहरुसंग लियोनेल मेस्सी छन्।

"र चाखलाग्दो कुरा त हालसम्मका खेलमा उनले आफ्नो पूर्ण क्षमता त देखाइसकेकै छैनन्।“

“विश्वकपमा हालसम्म आक्रामक खेल र गोलको खडेरी परेको छैन।

"तर पनि अब अगाडीका खेलहरु मेस्सी जस्ता खेलाडीले आफ्नो प्रतिष्ठा र क्षमता अनुसारको खेल कौशल प्रदर्शन गरेमा झन विशेष हुन जानेछन्।“

तस्वीर कपीराइट AFP
Image caption बेल्जीयमले संयुक्त राज्य अमेरिकाको टोलीलाई कम आंक्ने भूल गर्नु हुंदैन

बेल्जीयम र संयुक्तराज्य अमेरिका

“बेल्जीयमले संयुक्त राज्य अमेरिकालाई कम आंकेमा त्यो तिनीहरुको भूल हुनेछ।“

“सर्सर्ती विचार गर्दा मानिसहरु सजीलै बेल्जीयमको जीत हुन सक्ने ठान्न सक्छन्।

"तर अमेरिकाका ब्यवस्थापक योर्गन क्लिन्समनले आफ्ना खेलाडीहरुलाई राम्ररी अभ्यास गराएका छन्।“

“त्यसैले यो अमेरिकी टोलीलाई पराजीत गर्न बेल्जीयमलाई सजीलो हुने छैन।

तस्वीर कपीराइट Getty
Image caption संयुक्त राज्य अमेरिकाका व्यवस्थापक योर्गन क्लिन्समनले आफ्नो टोलीलाई राम्रो अभ्यास गराएका छन्

"मलाई लाग्छ यो खेल अतिरिक्त समय र पेनाल्टी शुटआउटसम्मै पनि पुग्न सक्छ।“