'विद्युतीय सामाग्रीको कडा चेकजाँच'

  • 7 जुलाई 2014
तस्वीर कपीराइट PA
Image caption अन्तरराष्ट्रिय विमानस्थलमा विद्युतीय समाग्रीको कडा जाँच गर्न अमेरिकाले आग्रह गरेको हो।

संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा सिधा उडान गर्ने विमानस्थलहरुमा विद्युतीय समाग्रीहरुको जाँचबुझमा कडाइ गर्न आदेश दिएको छ।

आन्तरिक सुरक्षा हेर्ने निकायले यात्रुहरुलाई विद्युतीय साम्रागी खोलेर हेर्न र काम नगर्ने अवस्थामा रहेका बिद्युतीय समाग्री बोकेर विमानमा चढ्न नदिने बताएको छ।

एक जना अधिकारीले बीबीसीलाई बताए अनुसार त्यस्तो जाँच लागू गर्न आदेश दिइएको विमानस्थल मध्ये लन्डनको हिथ्रो पनि पर्छ।

अमेरिकाले अंतकवादी हमलाको चेतावनीको प्रतिक्रिया स्वरुप अघिल्लो हप्ता नयाँ सुरक्षा उपायहरु अवलम्बन गरेको थियो।

कडाई

विज्ञहरुका अनुसार सिरिया र यमनका इस्लामवादी लडाकूहरुले विमानस्थलको सुरक्षा जाँच छल्न सक्ने बमहरु निर्माण गरिरहेको गुप्तचरी सुचनाका आधारमा पछिल्लो निर्णय आएको हुनसक्छ।

अन्य देशमा रहेका विमानस्थलहरुको सुरक्षामा अमेरिकाको प्रत्यक्ष नियन्त्रण नरहेपनि अमेरिकाको हवाई र यातायत सुरक्षा हर्ने निकाय टिएसएले तय गरेका सुरक्षा मापदण्डहरु पालना गर्न विमान कम्पनीहरु र विमानस्थलहरु बाध्य रहने गरेका छन्।

उक्त निकायले वक्त्वयले पहिलो पटक विद्युतीय समाग्रीको विस्तृत चेकजाँच सम्बन्धी विवरण वाहिर ल्याएको हो।

डिपार्टमेन्ट अफ होमलेन्डस सेक्युरिटिका प्रमुख जे जोनसनले भने, “अमेरिका माथी आतंकवादी आक्रमणको जोखिम छ भन्ने जानकारी हामीलाई छ, अघिल्लो हप्ता मैले हाम्रो अमेरिकाका लागी विमान उड्ने स्थानहरुमा हवाइ सुरक्षा अझ मजबुत बनाउन निर्देशन दिएको हुँ।”

कदम

अमेरीकी हवाइ सुरक्षा हर्ने निकाय टिएसएले भनेको छ, व्याट्री सहि रहेको प्रमाणित गर्न विमानस्थलको सुरक्षा जाँचमा खटीने अधिकारीहरुले यात्रुहरुलाई आफ्नो मोबाइल फोन र कम्प्युटर खोल्न लगाउन सक्नेछन्।

चार्ज नरहेका वा अन्य कारणले काम नगर्ने अवस्थामा रहेका उपकरण बोकेर विमानमा चढ्न नदिने र त्यस्ता यात्रुको थप जाँच गरीने जनाइएको छ।

रोयटर्स समाचार संस्थाका अनुसार अधिकारीहरुले एपल र सामसुङ कम्पनीबाट निर्मीत फोनहरुलाई तोकेरै थप जाँच गर्न भनेका छन्।

संयुक्त अधिराज्य, फ्रान्स र जर्मनीले कडा जाँच सम्बन्धी अमेरिकी मागहरु पुरा गर्ने बताएका छन्।