मिरोस्लाभ क्लोजको गोल किर्तीमान

  • 9 जुलाई 2014
मिरोस्लाभ क्लोज तस्वीर कपीराइट AFP
Image caption क्लोजले २३ वटा विश्वकप खेल खेलेर १६ गोलको किर्तीमान कायम गरेका छन्

जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले विश्वकप प्रतियोगीताहरुमा आफ्नो १६ औं गोल गरेर ऐतिहासिक किर्तीमान कायम गरेका छन्।

इटलीको लात्जीयो फुटबल क्लबबाट खेल्ने ति ३६ बर्षिय स्ट्राइकरले मंगलबार ब्राजील विरुद्धको खेलमा ५-० को अंकसहित मध्यान्तर हुनु अघि आफ्नो टोलीलाई २-० ले अघि बढाउन सहयोग पुर्याएका थिए।

यसै विश्वकपमा घाना विरुद्धको खेलमा गोल गरेर क्लोज, ब्राजीलका भूतपूर्व स्ट्राइकरले गरेका १५ गोलको किर्तीमानी गोलसंख्याको बराबरी पुगेका थिए।

उनी जर्मनीका अग्रणी गोलकर्ता हुन् जस्ले १३६ खेलमा ७१ गोल गरेका छन्।

चारवटा विश्वकप खेलेर गोल गर्ने उनी तेस्रो खेलाडी हुन्।

ब्राजीलका बहुचर्चीत खेलाडी पेले र पश्चिम जर्मनीका उवे सीलर दुवैले सन् १९५८, १९६२, १९६६ र १९७० को विश्वकपका प्रतियोगीताहरुमा गोल गरेका थिए।

क्लोजले ब्राजीलका विरुद्ध गोल गरेको खेल उनको २३ औं विश्वकप सहभागीता थियो।

तस्वीर कपीराइट AFP
Image caption क्लोजले गोल गरेका खेलहरुमा जर्मनीले हार्नु परेको छैन

क्लोजले गोल गरेका कुनै पनि खेल जर्मनीले हार्नु परेको छैन।

बीबीसीको प्रसिद्ध फुटबल कार्यक्रम “म्याच अफ द डे” का प्रस्तोता तथा इंगल्याण्डका भूतपूर्व स्ट्राइकर ग्यारी लिनेकर भन्छन्, “क्लोज रोनाल्डो, वा पेले वा ति जस्ता अन्य महान फुटबल खेलाडीको दांजोका खेलाडी होइनन्।

"उनी गोलका लागि उपयुक्त अवसर खोज्ने खेलाडी हुन् तर उनले जुन किर्तीमान कायम गरेका छन् त्यो अद्भुतको उपलब्धि हो।“

ब्राजीलमा रहेर विश्वकप फुटबलको विश्लेषण गरिरहेका भूतपूर्व इंगल्याण्ड डिफेन्डर रियो फर्डीनान्ड भन्छन्,” क्लोजको खेलले तपाईंलाई उत्साही बनाउंदैन तर उनी विशुद्ध गोलकर्ता हुन्।

"जब ‘बक्स’ भित्र बल पुग्छ तब उनी एकाएक सजीव बन्न पुग्छन्।“