अमेरिकाको 'लडाकु लक्षित' हवाइ कारवाही

  • 8 अगस्ट 2014
तस्वीर कपीराइट Getty
Image caption ओबामाले उत्तरी इराकमा इस्लामवादी लडाकुमाथि लक्षित कारवाही गर्न अधिकार दिएका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले इस्लावादी विद्रोहीले अमेरिकी स्वार्थमा खतरा पु-याएमा उत्तर इराकमा उनीहरुमाथि कारवाही गर्न अधिकार दिएको बताएका छन्।

तर उनले अमेरिकी सेनालाई इराक नपठाउने बताए।

उनले भने अमेरिका अल्पसंख्यक समाप्त पार्ने गरी हुने जातीय संहारको कारवाहीलाई रोक्न काम गर्नेछ।

त्यस अघि नै अमेरिकाले इस्लामिक स्टेट (आइएस) विद्रोहीको खतरामा रहेका इराकीका लागि मानवीय सहायता खसाएको छ।

सहयोग

अमेरिकी सहयोग याजीदी अल्पसंख्यकहरुका लागि उपलब्ध गराइएको छ।

आइएसले इराकको सबभन्दा ठूलो इशाइ शहर क्वाराकशमाथि नियन्त्रण जमाएर स्थानीयबासीलाई भाग्न बाध्य बनाएको छ।

तस्वीर कपीराइट Reuters
Image caption याजिदि र इशार्इ अल्पसंख्यकले नजिकैको कुर्दिस्तान प्रान्तमा शरण लिएका छन्

थुप्रै याजिदिहरुले आफ्नो घर छोडेर नजिककै हिमालमा शरण लिएका छ्न्।

राष्ट्रपति ओबामाले भने, "संसारमा कुनै समस्या हुने वित्तिकै अमेरिकाले हस्तक्षेप गर्दैन र गर्नुपनि हुँदैन । हामी जिम्मेवार रुपमा र सावधानीपूर्ण रुपमा जेनासाइड रोक्न काम गर्न सक्छौ। आज अमेरिका सहयोगका लागि आउँदैछ ।"

उनले हवाइ आक्रमण आइएस लडाकु लक्षित हुने बताए।

सुरक्षा परिषद

उनले थपे, अमेरिका इराकमा स्थीरता ल्याउने मध्यमार्गी शक्तिलाई समर्थन गर्छ।

केही अघि इराकको स्थितिबारे छलफल गर्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठक बसेको थियो।

तस्वीर कपीराइट Reuters
Image caption इराकका अल्पसंख्यकको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपत्कालिन बैठक बसेको थियो

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले इराकी जिहादीको आक्रमणका कारण दशौं हजार अल्पसंख्यक समुदाय विस्थापित भएको भन्दै त्यसको भत्सर्ना गरेको छ।

इस्लामिक स्टेट समूहले इराकको सबभन्दा ठूलो इसाई शहर क्वाराकशमाथि नियन्त्रण जमाएपछि त्यहाँका स्थानीय वासिन्दा आफ्ना घर छोडेर भागेका छन्।

याजादी अल्पसंख्यक समुदायका कैयौं सदस्यहरुले पनि आफ्नो घर छोडेर नजिकका पहाडहरुमा शरण लिएका छन्।

राष्ट्र संघीय महासचिव बान कि मुनले त्यसबाट आफु स्तब्ध भएको बताएका छन्।

'नियोजित'

विहिबार साँझको सुरक्षा परिषदको आपतकालीन बैठकपछि राष्ट्र संघका लागि ब्रीटीश राजदुत मार्क लीयल ग्र्यान्टले भने, "सुरक्षा परिषद कडा शब्दमा इराकमा अल्पसंख्यक समुदाय र मुश्लीम उग्रवादी समुहको सिद्धान्त नमान्नेहरुमाथि भइरहेको नियोजित उत्पीडनको भत्सर्ना गर्देछ।"

यसैबीच अमेरिकाले इराकमा अल्पसंख्यकमाथि गरिएको व्यवहारका कारण मानवीय संहारको खतरा बढेको चेतावनी दिएको छ।

बीबीसी संवाददाता जेम्स रोबिन्सले दशौं हजार इराकी इशाइ र याजीदीहरु आफ्नो घर छोडेर भागेको बताएका छन्।

तस्वीर कपीराइट
Image caption इराकमा इसाई र याजादीहरुले इस्लामवादीहरुबाट त्रस्त भएर घर छोडेको बताइएको छ

तर ह्वाइट हाउसले न्यू योर्क टाइम्स पत्रिकामा याजिदी समुदायलाई सघाउन हवाइ आक्रमण गर्ने भन्ने समाचार पुष्टि गर्न अस्वीकार गरेको छ।

पकड

पहिले आइएसआइएस भनिने तर अहिले आइएस भनिने सुन्नी मुश्लिम समुदायले उत्तरी इराकमा पकड जमाइरहेको छ।

उसले सिरियाको पनि केहि भाग नियन्त्रण गर्छ।

एकलाख जति इशाइहरु घर छोडेर भागेको र अधिकांश उनीहरु स्वायत्त कुर्दिस्तान क्षेत्रतर्फ लागेको ठानिएको छ।

तस्वीर कपीराइट AFP
Image caption इराकमा अल्लपसंख्यकहरुमाथि आक्रमणको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले निन्दा गरेको छ

क्वाराकशका प्रत्यक्षदर्शीले भने आइएस विद्रोहीहरुले चर्चबाट क्राइस्टको क्रस संकेत फ्याँकिदिएको र धार्मिक पाण्डुलिपिहरु जलाइदिएका छन्।

पोप फ्रान्सिसले समस्या समाधानका लागि विश्व समुदायसँग आवेगात्मक अपील गरेका छन्।

इराकमा करिब १५ लाख इशाइ र पचास हजार जति याजिदि समुदायका मानिस रहेको तथ्यांक भएपनि सन २००३ यताको स्थिति यकिन छैन।