इबोला: संक्रमणको नक्शा
इबोला: संक्रमणको नक्शा
पश्चिम अफ्रीकामा गत मार्च महिनामा पहिलो पल्ट इबोला भाइरसको महामारी देखिएको हो र त्यसपछि यो तीब्र गतिमा घातक रुपमा फैलिएको छ।
एकहजार जना भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ भने सिएरा लियोन, गीनी र लाइबेरिया सबैभन्दा नराम्ररी प्रभावित देशहरुमा पर्दछन्।
अफ्रीकाको सबैभन्दा धेरै जनसंख्या भएको देश नाइजेरियामा दुईजनाको ज्यान गएको छ।
विश्व स्वास्थ्य संगठनले इबोलाको सम्बन्धमा विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ।
न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिन नामको जर्नलका अनुसन्धानकर्ताहरुले यो पछिल्लो इबोला भाइरस संक्रमणको शुरुआत एकजना दुई बर्षियाबाट भएको पत्ता लगाएका छन्।
ति बालिकाको सन् २०१३ को डिसेम्बर महिनामा दक्षिणपूर्वी गीनीको एउटा सानो गाउंमा मृत्यु भएको थियो।
मृत्यु हुनेको संख्या
विश्व स्वास्थ्य संगठनले इबोला भाइरस प्रभावित देशहरुमा यस्को संक्रमणको अवस्थाका बारे अद्यावधिक विवरणहरु सार्वजनिक गरिरहेको छ।
विश्व स्वास्थ्य संगठनको विवरणमा पुष्टि भएका मृत्युका घटनाहरु मात्र समावेश गरिएको छ।
प्रभावित देशहरु रोग संक्रमणको तथ्यांक उपलब्ध गराउने प्रकृयामा हुने परिवर्तनसंगै ति विवरणहरु पनि सच्याउने गरिएको छ।
सन् २०१४ को संक्रमण
इबोला भाइरस संक्रमण सामान्यतया उपसहारा अफ्रीकामा हुने गर्दछ, र त्यहां प्राय: प्रतिबर्ष ५०० भन्दा कम नै संक्रमणका घटनाहरु हुने गर्दछन्।
सन् १९७९ र १९९४ को बीचमा त इबोला संक्रमणका कुनै पनि घटना दर्ता भएनन्।
सन् २०१४ मा देखिएको महामारी यसअघि भन्दा निकै ठूलो स्तरमा देखा परेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अगष्ट ९ तारिख सम्ममा १८४८ वटा सम्भावित, शंकास्पद र पुष्टि भएका घटनाहरु भैसकेका छन् भने १,०१३ जनाको मृत्यु भैसकेको छ।