लम्जुङको पवित्र मेमे पोखरी

लम्जुङको मेमे पोखरीमा वर्षको एकपटक जनैपूर्णिमामा मेला लाग्नेगर्छ।

नेपाल, हिमचुली गाउँ, लमजुङ
तस्बिरको क्याप्शन,

लम्जुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरीमा वर्षको एकपटक जनैपूर्णिमामा मेला लाग्नेगर्छ। तर पर्याप्त प्रचारप्रसारको अभावमा उक्त धार्मिक स्थलको महत्व केवल लम्जुङका गुरुङसमुदायमा मात्रै सिमित भएको गुनासो छ। मेमे पोखरी जानको लागि लङजुङ सदरमुकाम बेसीशहरबाट उकालो लागेर चिति हुँदै यात्रा अघि बढ्छ।

तस्बिरको क्याप्शन,

यात्राको पहिलो दिन कसिएर हिँडे कोम्रो गाउँ पुगिन्छ। ७ दिनको यात्रामा गाउँ भेटिने अन्तिम दिन पनि त्यहीँ हो। त्यसपछि गोठमा मात्रै बास बस्न पाइन्छ।

तस्बिरको क्याप्शन,

दोस्रो रात बास बस्न कोम्रो डाँडामा दिनभर हिँडेपछि हिउँचुली गाउँमा बास बस्न पुगिन्छ। त्यहाँ एउटै गोठ भेटिन्छ। त्यहाँको लेकमा गोठाला दाइ वर्षामा तीन महिना बिताएर बुनेका डोको, थुन्चे दसैँ मनाउन तल झरेका बेला बेचेर हिउँदको खर्च पुर्याउँछन्।

तस्बिरको क्याप्शन,

सयौं भेडा, भैंसी र चौरी गाई पाल्ने लेकतिर वर्षको एकपटक मेलाभर्न पुगेका मानिसहरु अगेना वरिपरि पालैपालो बसेर आफूलाई न्यानो बनाउने गर्छन्।

तस्बिरको क्याप्शन,

त्यहाँ वर्षमा एकदिन पुग्ने विशेषगरी गुरुङ तिर्थयात्रीहरुले गोठधनी र कन्याहरुलाई दही र चामलको सेतो टिका निधारभरी लगाएर दक्षिणा दिने चलन छ।

तस्बिरको क्याप्शन,

यात्रा शुरु गर्दैदेखि उत्तरी भेगमा वौद्ध हिमाल र हिउंचुली हिमाली देखिन थाल्छ। मेमे पोखरीमा आउने पानी यहीँ देखिएको हिउंचुली हिमालको हो।

तस्बिरको क्याप्शन,

वर्षमा एकपटक त्यो पनि थोरै मानिसले मात्रै यात्रा गर्ने यो क्षेत्रमा यात्रुले आफ्नो सुविधाको लागि हिँड्नको लागि सजिलो ट्रेकिङ जुत्ता र असाध्यै जाडो हुने भएकोले न्याना लुगा लैजानुपर्छ।

तस्बिरको क्याप्शन,

यात्रा भरी कम्तीमा पाँच दिन यस्तै खाले भेडीखर्कमा बास बस्नुपर्छ। त्यहाँका गोठहरुमा भेडा, चौरी गाई र भैंसी पाल्नेहरु छुर्पी र घ्यू बेच्न बेसी झर्छन्।

तस्बिरको क्याप्शन,

मेमे पोखरी दर्शन गरेर आइसकेपछि थुप्रै मानिसहरु आफूले भाकल स्वरुप बली चढाएको भेडाको मासु भाग लगाएर घर लैजान्छन्।

तस्बिरको क्याप्शन,

एउटा भेडी खर्कबाट अर्को भेडीखर्क पुग्न एकदिन हिँड्नुपर्छ। विहानै गोठबाट निकालिदिए पछि दिनभर वरपर चरेर बेलुका आफ्नै गोठमा भेडाहरु ओत लाग्न पुग्छन्।

तस्बिरको क्याप्शन,

मेमे पोखरीमा मेला भर्न जाने सबै लमजुङकै गुरुङ, तामाङहरु हुन्छन्। मेमे पोखरीलाई उनीहरुले आफ्नो इष्ट देवता मान्छन् र वर्षको एकपटक जनैपुर्णिमामा जसरी पनि पुजाको भाग लिएर पुग्छन्।

तस्बिरको क्याप्शन,

सफा मनले मेमे पोखरीको यात्रा गर्दा मनले चिताएको पुरा हुने विश्वास लम्जुङका गुरुङहरुको छ। हुस्सु खुलेको दिन मेमे पोखरीको उत्तरमा हिमचुली हिमाल देख्न सकिन्छ।

तस्बिरको क्याप्शन,

समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा रहेको मेमे पोखरी लम्जुङ जिल्लाकै सबैभन्दा ठूलो भए पनि त्यसको लम्बाइ र चौडाइ यकिन गरिएको छैन। मौसमले साथ दिए मेमे पोखरीबाट पाँच सय मिटरको उचाइमा दुधपोखरी पुगिन्छ। त्यहाँ पुग्ने बाटो चट्टाने ढुंगा छलेर जानुपर्ने भएकोले अझै कठिन छ।

तस्बिरको क्याप्शन,

मेमे पोखरीबाट फर्किँदा गाईबस्तु चरिरहेका थुप्रै दृश्य बाटैभरी देख्न सकिन्छ। फर्किँदा वराह पोखरी हुँदै फर्कने बाटो जाँदाको भन्दा ज्यादा सहज छ।

तस्बिरको क्याप्शन,

मेमे पोखरी दर्शन गरिसकेपछि वराह पोखरीको दर्शन नगरे मेला पुरा नहुने विश्वास तिर्थालुहरुको छ। समुद्री सतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको उक्त पोखरीको वरिपरिबाट ढाक्दै आएका झारहरुले आकार खुम्चिँदै गएको छ। पोखरी सानो भए पनि वरिपरिका फूल र रुखले पोखरी निकै मोहक देखिन्छ।