रुसले थप एक्लीनुपर्ने पश्चिमाको चेतावनी

  • 23 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption रुसले युक्रेन सरकारको अनुमति वेगर विद्रोही नियन्त्रित पूर्वी युक्रेनमा सहायता सामग्री पठाएको छ

युक्रेन सरकारको अनुमति बिना विद्रोही नियन्त्रित पूर्वी युक्रेनमा रुसी सहायता सामाग्री बोकेका भनिएका लरीहरु भित्र्याइए पछि पश्चिमा शक्तिहरुले त्यसप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

संयुक्त राज्य अमेरिकाले यसलाई चुलिएको खतरनाक परिस्थिति भनेको छ।

र उनीहरुले रुसलाई ति सवारी साधन फिर्ता लग्न या थप एक्लीन भनेका छन्।

रुसबाट सेता लरीहरुको पहिलो लश्करले युक्रेनी सीमा पार गरेपछि पश्चिमी देशहरुले त्यसको कडा भत्सर्ना गरेका छन्।

त्रास

मस्कोको लावालस्कर उसले पूर्ण तहको हस्तक्षेप गर्न तयार पारिरहेको बहाना हो भन्ने त्रास पश्चिमाहरुमा छ।

नेटोले रुसलाई ठूल्ठूला हातहतियार सीमा पार गराएको र युक्रेनबाटै युक्रेनी फौजहरुमाथि तोप आक्रमण गरिएको आरोप लगाएको छ।

संयुक्त राष्ट्र संघमा सुरक्षा परिषदको आपतकालीन बैठक डाकिएको छ।

ब्रीटेनका राजदुत मार्क लीयल ग्र्यान्टले मस्कोको उत्तेजित पार्ने किसिमको र एकतर्फी कारवाहीबाट ब्रीटेन गंभीर भएको बताएका छन्।

उनी भन्छन्, "यो युक्रेनी सार्वभौमसत्ताको स्पष्ट र खुल्लमखुल्ला उल्लंघन हो। अन्तर्राष्ट्रिय कानुन र युएन चार्टर भंग गरेको हो।"

आरोप

उनी थप्छन्, मानवीय सहायतासँग त्यसको कुनै सम्बन्ध छैन। मानवीय सहायता संयुक्त राष्ट्र संघको संयोजकत्तवमा भइरहेको छ। रुसी फेडरेशनले त्यसमा सहभागी बन्न मन लागेको भए एक्लो कारवाही नभै संयुक्त रुपमा सहकार्य गर्नुपर्थ्यो।

रुसले युक्रेनी सरकारलाई सवारी साधन भित्र पठाउने अनुमति दिन लामो समय लगाएको आरोप लगाएको छ।

Image caption सेता लरीहरुको लावालस्कर युक्रेन पठाएर रुसले उसको सार्वभौमसत्तामाथि आक्रमण गरेको आरोप छ

राष्ट्र संघका लागि मस्कोका राजदुत भीटाली चर्किनले रुसको कारवाही पूर्ण रुपमा निर्दोष रहेको बताएका छन्।

उनी भन्छन्, "लरीहरुमा खाद्यान्न, पानी र जेनेरेटरहरु छन्।"

तर पश्चिमा जगत रुसी कुरा मान्न तयार छैन।

उसले फेरि पनि त्यहाँको परिस्थिति सहज बनाउनमा जोड दिएको छ।

तर यो तिक्ततापूर्ण द्वन्द्वमा अझसम्म कुनै पनि पक्ष संझौता गर्न चाहिरहेको छैन।