फ्रान्सद्वारा रुसलाई युध्दपोत पठाउने योजना स्थगित

  • 4 सेप्टेम्बर 2014
प्रदर्शन तस्वीर कपीराइट b
Image caption फ्रान्सले पश्चिमा मित्रशक्तीको चिन्ताकामाझ रुसलाई हेलिकप्टरवाहक आपूर्ती गर्ने योजना स्थगित गरेको हो

फ्रान्सले युक्रेनमा जारी मस्कोका गतिविधिले युरोपको आधारभूत सुरक्षामै खलल पुर्याएकोले रुसलाई युध्दपोत पठाउने योजना हाललाई स्थगित गरिएको बताएको छ।

फ्रान्सका राष्ट्रपतिको कार्यालयले रुसलाई युध्दपोत पठाउनको निम्ति अहिले उचित समय नभएको जनाएको छ।

रुसले चाँही फ्रान्सेली कदमले आफ्ना सुरक्षा फौजहरुलाई सवल बनाउने योजना प्रभावित नहुने संकेत गरेको छ।

फ्रान्सले यसअघि सम्म आफ्ना पश्चिमा मित्रशक्ती मुलुकहरुको चिन्तालाई वेवास्ता गर्दै रुससँगको एक दशमलव ६ अर्ब डलर बराबरको हेलिकप्टरवाहक आपूर्ती सम्बन्धी सम्झौतालाई सम्मान गर्नु पर्ने बताउँदै आएको थियो।

'नाटकीय'

तर अहिले त्यो अडान फेरिएको छ। प्यारिसस्थित बीबीसीका एक सम्बाददाताले फ्रान्सको कदमलाई नाटकिय भनेका छन्।

रुसले अप्रिय मानेको फ्रान्सको कदमपछि रुसी उप-रक्षा मन्त्री युरी बोरिसोवले पछिल्लो कदमका कारण फ्रान्स र उस्का साझेदारहरुसँगको सम्वन्धमा तनाव आउने भएपछि आफ्नो सैन्य फौजहरु आधुनिक बनाउने अभियान जारी रहने बताए।

युक्रेनकी परराष्ट्र मन्त्री पाव्लो क्लिमकीनले ट्वीटर मार्फत फ्रान्सलाई धन्यवाद दिएका छन्।

उनले फ्रान्सको कदम जिम्मेवार भएको र त्यस्ले युरोपमा शान्ति कायम गर्न सहयोग पुग्ने बताएका छन्।

फ्रान्सले पठाउन लागेको एक हेलिकोप्टर बाहक, भ्लादीभोस्तोक, अक्टोवरको अन्त्य सम्ममा रुस पुग्ने योजना थियो। दोस्रो युध्दपोत चाँही अर्को वर्ष पठाउने योजना थियो।