पाकिस्तान र भारतमा बाढीले ठूलो क्षति

  • 5 सेप्टेम्बर 2014
पाकिस्तानमा बाढी तस्वीर कपीराइट BBC World Service
Image caption बर्खा यामको अन्ततिर आएको बाढीले खासगरी पाकिस्तानमा ठूलो क्षति पुर्याएको छ

पाकिस्तानका अधिकारीहरुका अनुसार त्यहाँ कम्तीमा ६६ जनाको ज्यान गएको छ।

ती मध्ये अधिकांश, जलमग्न भएका क्षेत्रमा घरहरु भासिएपछि मरेका थिए।

सबभन्दा धेरै क्षति उत्तरी पन्जाब तथा पाकिस्तान प्रशासित काश्मीरमा भएको बताइएको छ।

प्राप्त विवरणहरुका अनुसार भारत प्रशासित काश्मीरमा बाढीका कारण कम्तीमा २८ जनाको ज्यान गएको छ।

पाकिस्तानको राजधानी इस्लामाबादस्थित बीबीसी सम्वाददाता एन्ड्रयु नर्थ भन्छन् उत्तरी पाकिस्तानमा गएको दुई दिन देखि अविरल पानी परिरहेको छ जसले गर्दा थुप्रै गाउँ तथा शहरहरुमा बाढी आएको छ।

सबभन्दा जोखिममा रहेका क्षेत्रका बासिन्दालाई घर छाडेर सुरक्षित स्थलतर्फ लाग्न उद्वारमा संलग्न पाकिस्तानी सेनाले भनिरहेको छ।

वर्षाका कारण कतिपय ठाउँमा पहिरोपनि गएको छ। खासगरी पाकिस्तान प्रशासित काश्मीरमा पहिरोले सडकहरु अवरुद्ध भएका छन्।

यस वर्षको मनसुनको समय लगभग लगभग सकिन लागेको बेला आएका यी बाढी पहिरोले थुप्रैलाई अचम्भित पारेका छन्।