एसियाडमा नेपाल सहभागी खेलहरु- ३

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Asian games website

दक्षिण कोरियाली शहर इन्चोनलाई १७ औं एसियाली खेलकुद प्रतियोगिताको रंगले छोइसकेको छ। ४५ देशका १३ हजार भन्दा बढी खेलाडी पदाधिकारीहरु इन्चोन पुगिसकेका छन्।

प्रतियोगितामा ३६ खेलका ४३९ इभेन्ट्सहरुमा नेपालले यसपाली २५ खेलमा सहभागिता जनाइरहेको छ।

दुई हप्ता लामो एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो अहिलेसम्मको सबैभन्दा ठुलो टोली हो।

सन् १९५१ को पहिलो एसियाली खेलकुदबाट खेल्दै आएको नेपालले यसपाली खेल्ने खेलहरुको विवरण यसप्रकार छ।

१९. टेबल टेनिस

जुनबेला नेपालमा कमैमात्र खेल खेलिन्थ्यो , त्यतिबेलाको चल्तीको खेल हो टेबल टेनिस ।

६० को दशकदेखि नै नेपालमा टेबल टेनिसमा जगजगी थियो । खेलाडीहरु प्रशस्त र प्रतिस्पर्धा पनि उस्तै । त्यतिबेलादेखि नै एसियाली खेलकुदमा टेबल टेनिसको नियमित सहभागिता रहंदै आएको छ ।

त्यो नियमितता अहिलेसम्म टुटेको छैन । अहिले लक्ष्य भने बदलिएको पदाधिकारीहरु वताउछन् । छ । उनीहरु भन्छन् एसियाडका अनुभव दक्षिण एसियाली खेलकुदमा उतार्ने हौ ।

एसियाली पावर हाउसहरुका माझ प्रस्तुत हुन लागेको एसियाली खेलकुदमा नेपाली टेबल टेनिस पुर्ण टोली लिएर इन्चोन एसियन गेम्सका लागि तयार भएका छन् । दक्षिण कोरिया, चीन, जापान, सिंगापुर जस्ता टेबल टेनिसमा राम्रा मानिएको राष्ट्रहरु माझको प्रतिस्पर्धा माझकौ रोमाञ्चक पर्खिरहैका छन् खेलाडीहरु ।

टेबल टेनिस ५ पुरुष र ५ महिला टोलीले विभिन्न ७ इभेन्ट्समा प्रतिस्पर्धा गर्नैछन् । उनीहरुसंग पुरुष टोलीका प्रशिक्षकका रुपमा सुनिल योञ्जन र महिला प्रशिक्षकमा पुर्व राष्ट्रिय च्याम्पियन सन्ध्या शाक्य छन् । सन्ध्या भन्छिन् – एसियाड हाम्रो लागि अवसर भन्दा माथी होइन । राष्ट्रिय टिम तयारीको क्रममा टेबल टेनिसले विगत २ वर्षदैखि नियमित प्रशिक्षण पाइरहेका हुनाले उनीहरुको आत्मबल र आत्म विश्वासको परिक्षा त्यहा हुनेछ ।

इतिहास हेर्दा नैपालको एसियाडमा सवैभन्दा राम्रो नतिजा गत १६ औं एसियाडमा निकालेको थियो । जहां शिव सुन्दर गोठे र अजय सुवालको जोडीले राउन्ड अफ १६ सम्म पुगेको थियो ।

२०. तेक्वान्दो

इन्चोन एसियाली खेलकुद नेपाली तेक्वान्दोको लागि ठुलो चुनौती बनेको खेलाडीहरुले स्विकारेका छन्।

एसियाडमा नियमित पदक जित्दै आएको एकमात्र खेल तेक्वान्दोले ४ वर्ष अगाडीको ग्वाङझाउ एसियाडमा खाली हात फर्केको थियो । यो असफलतालाई तेक्वान्दोमा नया पुस्ताको अभाव भनी विश्लेषण समेत गरिएको थियो । त्यसैले तेक्वान्दो टिम यसपाली पदक जित्ने दवाव छ ।

यद्यपी टोलीको तयारी भने सोचेजस्तो हुन सकेको देखिएन । पदाधिकारीहरुको विवादका कारण सवै खेल जस्तै तेक्वान्दोलाई पनि असर पर्ने नै भयो । त्यसमाथी तेक्वान्दोको समानान्तर संघ भनिएको नेपाल तेक्वान्दो युनियनका खेलाडीहरुसंग छनोट प्रतियोगिता खेल्नु पर्ने हल्लाले टोलीको मनोबलमा नराम्रो असर पारेको देखियो ।

यी अप्ठेरोहरुका माझ टोली खेल शुरु हुनु एक महिना अगाडी नै विशेष प्रशिक्षणको लागि कोरिया पुगेको छ । नेपालका कोरियाली प्रशिक्षक क्वान योङ डालले कोरिया पुग्ने योजना चांडै रहेको भएपनि विवादका कारण ढिला हुनुलाई राम्रो मानेनन् ।

१९९८ को १३ औं एसियाडमा नेपालकी सविता राजभण्डारीले तेक्वान्दोबाट रजत पदक जितेकी थिइन् । त्यसपछि हरेक एसियाडमा नेपाललाई पदक दिलाउदै आएको थियो ।

तर अहिले कोरियामा बलियो प्रशिक्षण पाएपछि खेलाडीहरु पदक जित्ने धुनमा एकाग्र हुन पाएका छन् । विधान लामादेखि संगिना वैद्य, दिपक विष्ट जस्ता चर्चित नामहरुपछि अव नया विजेता निकाल्ने लक्ष्य तेक्वान्दो संघको छ ।

६ पुरुष र ६ महिला गरी १२ सदस्यिय तेक्वान्दो खेलाडीहरुले लागि छानिएका छन् । सो टोलीमा दोहा एसियाडमा काश्य पदक जित्ने दुई खेलाडी मनिता शाही र आयशा शाक्य छन् ।

आयशा भन्छिन् – काश्य पदक भन्दा माथीको पदक जित्ने लक्ष्य छ ।

२१. ट्रायथलोन

नेपाल एसियाली खेलकुदको ट्रयायथोलनमा नया सदस्य राष्ट्र हो । तीनवर्ष अगाडी मात्र गठन भएको नेपाल ट्रयायथोलन संघले शुरुवात देखि नै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षैत्रमा प्रभाव भने जमाउन भने सकेको देखिन्छ ।

नेपालका दुई खेलाडीहरुले चीन र ताइवानमा भएको एसियाली ट्रयाक एण्ड फिल्डको आफनो उमेर समुहमा स्वर्ण पदक नै जितेको थियो । यो अनुभवले के देखाएको छ भने नेपाली एथलेटहरु ट्रयायथोलनको सुन्दर भविष्य छ ।

स्वभावत इन्चोन एसियाली खेलकुदमा ट्रयायथोलनले पहिलो पटक भाग लिन लागेको हो । यसमा नेपालले पहिलो पटक समावेश गरिएको इभेन्ट्स मिक्स र्यालीमा भाग लिंदैछ । मिक्स र्यालीमादुई महिला र दुई पुरुष गरी चार खैलाडीहरुकौ सहभागिता हुने गर्छ । जसमा चारैजना खेलाडीहरुले २ सय ५० मिटर स्विमिङ, ६.६ कीमी साइक्लिङ र १.६ कीमि दौडिनु पर्छ । यौ कुल ८.५ कीमिको दौड हो ।

पहिलो पटक समावेश गरिएको यो इभेन्ट्समाजम्मा १२ वटा राष्ट्रले मात्र सहभागिता जनाएका छन् । त्यसैले नेपालले पनि पदकको दावी गर्न सक्ने बताउछन् प्रशिक्षक युवराज सुनार । उनी भन्छन् – नयाँ इभेन्ट्स भएकोले हामीलाई पनि आफनौ शक्ति थाहा छैन । तर हामीले डेढ घन्टाको समयमा दौड पुरा गरिरहेका छौं । जुन अन्तर्राष्ट्रिय छनोटको राम्रो समय भित्र पर्छ ।

केही विषयहरु ट्रयायथोलनको लागि निकै नौलो हुनेछ । जस्तै प्रतियोगिता स्थलमा खेलाडीहरुले पोखरीमा पौडिनु गर्नुपर्छ भने यहा अभ्यासका दौरान खेलाडीहरु सानो पुलमै चित्त बुझाइरहेका छन् । अर्कोतर्फ रोड रेसको साइकल भिन्न खाले हुन्छ, तर यहा खेलाडीहरु माउन्टेन बाइकले अभ्यास गरिरहेका छन् । प्रशिक्षक सुनारका अनुसार इन्चोनमा भने खेलाडीहरुले नया साइकल पाउनेछन् ।

२२. कुश्ती

नेपालको परम्परागत र धार्मिक आस्थासंग जोडिएको खेल कुश्ति आधुनिक प्रतिस्पर्धामा भने पछाडी देखिन्छ । एसियाली खेलकुदमा नेपालको यो पांचौं सहभागिता हो ।

यसअघि नेपालले सन् १९९० को बेइजिङ एसियाडमा भाग लिएको थियो भने पछिल्लो समय बंैकक एसियन गेम्स, दोहा र ग्वान्जाउमा भाग लिएको थियो ।

यद्यपी यसपाली टोलीको सहभागिता अन्तिम समयसम्म अनिश्चित हुंदा खेलाडीहरुले राम्रो तयारी गर्न पाएनन् । खेलाडी पदाधिकारीहरु अन्तिम समयसम्म खर्च र भिसा लगाउन दौडिनु परेको थियो ।

एसियाली कुश्तिमा केही नलागेपनि एउटा सानो सदस्य राष्ट्र नेपालले दक्षिण एसियाली खेलकुदमा भने नियमित रुपमा पदक जित्दै आइरहेको छ । इन्चोन एसियाडमा नेपाली कुश्तिबाट दुईजना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बुनिलाल राउत अहिर र मुक्तार आलम प्रतियोगिताको लागि छानिएका हुन् । प्रशिक्षकमा आठौं सागका पदकधारी ब्रम्हदेव यादव छन् भने टिम मेनेजरमा विद्यासागर पोखरेल छन् ।

कुश्तिले एसियाडमा सवैभन्दा राम्रो प्रदर्शन चार वर्ष अगाडी ग्वान्जाउमा भएको १६ औं एसियाली खेलकुदमा गरेको थियो । सो बेला १२० केजी तौल समुहमा भाग लिएका खेलाडी सतेन्द्र प्रसाद यादवले दुई जना खेलाडीलाई पराजित गरेको थियो । यसअघि एसियाली स्तरमा नेपालले प्रतिद्धन्दीलाई हराउन सकेको छैन् ।

नेपालका मुख्य प्रशिक्षक विद्या सागर पोखरेलका अनुसार एसियाली खेलकुद नेपाली खेलाडीहरुको लागि पुरस्कार जस्तै हो । यसबाट पदक होइन, अनुभव मात्र पाइन्छ ।

उनले अन्य खेलले झैं कुश्तिले पनि साग गेम्सलाई नै लक्षित गरी खेलाडी तयार गरिरहेको बताए ।

२३. भारोत्तोलन

भारोत्तोलनले एसियाली खेलकुदको तयारीमा अहिलेसम्मकै उच्च स्तरको प्रशिक्षक पाएको छ ।

चिनिया राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक वैन हुईलै नेपाली टोलीलाई प्रशिक्षण दिइरहैका छन्, जसकौ प्रशिक्षणमा ७ जना चिनिया खेलाडीहरुले ओलिम्पिकमा स्वर्ण पदक जितैका थिए । यी प्रशिक्षक नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिन आउदा छक्क पर्दै भनै – नेपालमा जुन पुर्वाधार अनि सुविधामा खैलाडीहरुले मेहनत गरिरहेका छन् र नतिजा निकालिरहेका छन् , त्यो आफैमा तारिफयोग्य छ । धेरै भन्दा धेरै सुविधा पाए यिनीहरुले जे पनि गर्न सक्छन् ।

वैन हुइको सहायकको रुपमा दुई पटकका औलम्पिक स्वर्ण विजैता ली चुनहोङ र बेइजिङ ओलिम्पिकका स्वर्णधारी ली झिया पनि छन् । चुनहौङ दुई पटकका विश्व च्याम्पियन पनि हुन् ।

नेपाल भारोत्तोलन संघका महासचिव पार्थसारथी सैन गुप्ताले चीनले निकै चर्चित प्रशिक्षक पठाइदिएकोमा खुशी जनाउदै भने – एसियाड खेल्ने खेलाडी अनि अन्य युवाहरुले पनि यसबाट प्रशस्त लाभ पाउने मैले विश्वास गरेको छु ।

एक महिला खेलाडी सहित ४ सदस्यिय भारोत्तोलन टोलीले इन्चोन एसियाली खेलकुदमा सहभागिता जनाउदैछ । एसियाडमा तीन पटक भाग लिइसकेका कमल बहादुर अधिकारी अनुभवी खेलाडी हुन् ।

सवै चार जना राष्ट्रिय खेलाडीहरु भन्छन् – हाम्रो उदेश्य राष्ट्रिय राष्ट्रिय कीर्तिमान बनाउनै हो ।

एसियाडमा पहिलो पटक खेल्न जान लागेका खेलाडी गोपाल श्रेष्ठ एसियाडलाई खैल जीवनको अनुपम क्षण बनाउने तयारीमा छन् । उनी भन्छन् – एसियाली खेलकुदको आनन्द उठाउनेछु । पछिल्लो समय एसियाली खेलकुदमा नियमित सहभागिता हुंदै आएको भारोत्तोलन खेलाडीहरुले त्यहा राष्ट्रिय कीर्तिमानलाई मुख्य लक्ष्य बनाउने गर्छ ।

२४. उसु

मार्शल आट्सको विधा उसु पनि एसियाली खेलकुदको सम्भावित पदक जित्ने खेलको सुचीमा छ ।

दुई खेलाडीहरुले हालै एसियन च्याम्पियनसिप र विश्व जुनियर च्याम्पियनसिपमा पदक जितेकोले एसियाली खेलकुदमा पनि पदक जित्ने आशा समेत राखिएको छ ।

इन्चोनमा उसुले ६ महिला र ७ पुरुष खेलाडी गरी १३ जना खेलाडीहरुले सान्सौं र थाउलु इभेन्ट्समा भाग लिदैछन् । थाउल इभेन्ट्समा ३ महिला र ४ पुरुष खेलाडी छन् भने सान्सौंमा २ महिला र ४ पुरुष छन् ।

प्रशिक्षक पंचमान महर्जन भन्छन् – थाउलुमा एसियाडबाट पदक जित्नु हाम्रो लागि सपना जस्ते हुनेछ । किनकी विश्व उसुमा नै एकछत्र राज गरिरहेको चाइनिज खेलाडीहरुसंगै हंगकंग, मकाउ, भियतनाम जापानसंग उत्कृष्ट खेलाडीहरु छन् । पचमान थप्छन् – त्यसमा १०० खेलाडीमा ९९ खेलाडीहरुलाई पराजित गर्नुपर्ने हुन्छ । त्यसैले सान्सौं नै हाम्रो लक्ष्यको विषय हो ।

दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थाउलु खेलाडी आंगबाबु लामाको लक्ष्य यस्तो छ । उनी भन्छन् – हामी उत्कृष्ट १० भित्र पर्न सक्यौं भने त्यो ठुलो सफलता हुनेछ । आशा गरौं त्यो लक्ष्यमा हामी पुग्न सक्नेछौं ।

सान्सौंका प्रशिक्षक रामगोपाल महर्जनका अनुसार सान्सौंमा दुई खेलाडीहरु पदकका दावेदार छन् । एसियाली स्तरको भीडन्त निकै चुनौतीपुर्ण हुने हुनाले यसमा भाग्य टाइसिट दुवै मिल्न पनि जरुरी रहेको उनले बताए ।

दक्षिण कोरिया, इरान, मकाउ जस्ता राष्टहरु निकै राम्रो मानिन्छ । यसपाली उसु खेलाडीहरुउ मिसन सागको अभियानमा निरन्तर प्रशिक्षणमा रहेकोले उनीहरुको मनोबल वढनुलाई सफल पक्ष मान्छन् प्रशिक्षकहरु ।