श्रीलंका पहिरो: उद्धार जारी

  • 31 अक्टोबर 2014
पहिरो प्रभावित तस्वीर कपीराइट AFP
Image caption अधिकारीहरुले थप पहिरोको चिन्ताका माझ नजिकैका गाउँबाट सयौ मानिसहरुलाई अन्यत्र सारेका छन्

मध्य श्रीलंकाको पहिरोग्रस्त क्षेत्रमा सेनाले ठूला उपकरणहरुको सहायतामा उद्धार प्रयास जारी राखेको छ।

पहिरोमा करिव एक सयजना पुरिएको अनुमान छ।

माटोको ठूलो पहिरो पन्छाउन सयौं सैनिकहरु खटाइएका छन्।

पहिरोले चिया बगानका कामदारहरु बस्ने टिनले छाएका घरहरु पुरेको छ।

अधिकारीहरुले थप पहिरो जाने त्रासका माझ नजिकैका गाउँबाट सयौ मानिसहरुलाई अन्यत्र सारेका छन्।

प्रभावित

तर खराब मौसमका कारण उद्धार तथा खोजी कार्य प्रभावित भएको छ।

अधिकारीहरुले बुधबार आठवटा शव भेटिएको बताएका थिए।

भारी मनसुने वर्षापछि आएको पहिरोले बादुल्ला जिल्लामा सयभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ।

विगत केहि सातादेखि श्रीलंकामा ठूलो वर्षा भइरहेको थियो।

राजधानीबाट दुई सय किलोमिटर पूर्वमा रहेको हाल्दुमुल्ला नगर नजिकैको मिरियाबेड्डा चिया बगानमा बुधबार विहानै पहिरो गएको थियो।

एक सैन्य अधिकारीका अनुसार कुनै-कुनै घर पहिरोमा तीस फिटसम्म पुरिएका छन्।