मेक्सिकोमा मेयर दम्पती पक्राउ

  • 4 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption मेयर दम्पतीलाई पक्राउ गरेको पुष्टि प्रहरी प्रवक्ता जोज रेमोन सलिनाशले ट्वीटरमार्फत गरेका थिए

मेक्सीकोमा देशको पश्चीममा अवस्थित एउटा शहर ईगुवालाबाट, गत सेप्टेम्बर महिनामा ४३ जना विदयार्थीहरु बेपता पारिएको घटनामा संलग्न रहेको आशंकामा उक्त शहरका फरार मेयर र उनकी श्रीमतिलाई पक्राउ गरिएको छ।

प्रहरीले ती दम्पतीलाई कुनै बल प्रयोग बिना राजधानी मेक्सीको सिटीबाट पक्राउ गरिएको बताएको छ।

इगुवाला शहरबाट ४३ जना विद्यार्थीहरु बेपत्ता भएको केही दिन पछि ती मेयर दम्पती फरार रहेका थिए।

अब उक्त घटनाको पांच हप्तापछि तिनीहरुलाई संघीय प्रहरीले मेक्सीको सिटीमा विहानीको समयमा गरिएको एक कारबाहीको क्रममा पक्राउ गरेको छ।

प्रदर्शन

सरकारले तिनीहरुको गिरफ्तारी पछि ती बेपत्ता विद्यार्थीहरुको अवस्थाबारे थप जानकारी प्राप्त हुन सक्ने आशा व्यक्त गरेको छ।

ती विद्यार्थीहरुलाई अन्तिम पटक स्थानीय प्रहरी अधिकारीहरुको हिरासतमा देखिएको थियो।

हराएका विद्यार्थीहरुलाई इगुवालामा गत सेप्टेम्बर महिनामा तिनीहरुले गरेका विरोध प्रदर्शनपछि गिरफ्तार गरिएको थियो।

तिनीहरुलाई बेपत्ता पारिनुको एउटा कारण, ती मेयरकी पत्नीले आयोजना गर्न लागेको एउटा सार्वजनिक समारोहमा उनीहरुले अवरोध सिर्जना गर्न नपाउन् भन्ने रहेको हुन सक्ने ठानिएको छ।