साइकल कुदाउनेबाटोबाट सौर्य बिजुली

  • 15 नोभेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption नेदरल्याण्ड्समा जनसंख्या भन्दा धेरै साइकल छ भनिन्छ

नेदरल्याण्ड्समा विश्वकै पहिलो सार्वजनिक साइकल कुदाउने सौर्य बाटो प्रयोगमा आएको छ।

यो साइकल लेन सूर्यको ताप शोषेर विद्युतीय उर्जामा परिवर्तन गर्ने गरी बनाइएको छ।

यसको लागत ३० लाख युरो जति लाग्ने र त्यसको मुख्य लगानीकर्ता स्थानीय निकाय भएको बताइएको छ।

तर नेदरल्याण्ड्समा यो मात्रै साइकलमा आधारित नयाँ खोजी भने होइन।

शक्तिशाली

नेदरल्याण्ड्समा मानिसको भन्दा साइकलको धेरै संख्या छ भनिन्छ र उनीहरुले अहिले त्यसको पेडलको शक्ति उर्जामा परिणत गर्दैछन्।

तस्वीर कपीराइट Ekaterina Vikulina
Image caption नेदरल्याण्ड्स देशभर हजारौं किलोमीटर साइकल कुदाउने बाटाको सन्जाल फैलिएको छ

साइकल लेनलाई फोहोर नटासिने गरी बनाइएको छ र धेरै सूर्यको प्रकाश शोष्न सकोस भनेर अलिकति ढल्काइएको छ।

घर घरमा राखिएका सोलार प्यानेल जत्तिकै सोलार साइकलका बाटाहरु उर्जा बनाउन सफल हुनेछैनन् तर पनि ति शक्तिशाली नै हुनेछन् सय मिटर बाटोबाट तीनवटा घरलाई पुग्ने विजुली उत्पादन हुनेछ।

यो दन्त्यकथाको जस्तो परिदृश्य रहेको नर्थ ब्रानब्यान्टको प्रान्तमा बनाइएको छ।

साइकल चल्ने बाटोको रंग निलो छ।

प्रभावित

कलाकार ड्यान रुजग्रेडले यो साइकल लेनलाई विश्वविख्यात कलाकार भ्यान गगको "स्टारी नाइट" अर्थात तारामय रात चित्रकलाबाट प्रभावित भएर अँध्यारोमा चम्कने बनाएका छन्।

नेदरल्याण्ड्स संसारमै प्रख्यात साइकल देश हो।

त्यसैले साइकल अनुभवलाई थरी गरीका बनाउने उपायहरुको खोजी उनीहरुले गरिरहनु शायद आश्चर्यजनक छैन।

अहिले बनिसकेका सडक र तिनमा रहेका संरचनाको उपयोग गरेर सौर्य उर्जा जम्मा पार्ने उपायले संसारभर गति लिएको छ।

नेदरल्याण्ड्समा हजारौं किलोमीटर साइकल बाटोको जालो देशभर फैलिएको छ।

लक्ष्य

यदि यो नमुना योजना सफल भयो भने यसले गति लिँदै जानेछ।

लक्ष्यचाहिँ यस्ता सोलार साइकल बाटो र अरु सडकहरुले भविष्यमा विद्युतीय साइकल र कारमा उर्जा भर्ने काम गरुन् भन्नेछ।

नेदरल्याण्ड्यसबाट बीबीसी संवाददाता भन्छिन्, डचहरुले साइकल चलाउनु हाम्रो स्वास्थ्यका लागि मात्र होइन हाम्रो वातावरणका लागि समेत राम्रोको संभावना प्रदर्शन गर्न खोजिरहेका छन्।