संकटमा सार्वजनिक शिक्षा

  • 18 डिसेम्बर 2014

नेपालको सार्वजनिक शिक्षा संकटग्रस्त रहेको अधिकारीहरु स्वयम् स्वीकार गर्छन्।

Image caption सामुदायिक विद्यालयहरुमा पठनपाठनको गुणस्तर न्यून रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ

गत वर्षको एसएलसी नतीजालाई आधार मान्ने हो भने पनि सरकारी अनुदान बाट सन्चालित सामुदायिक विद्यालयबाट एसएलसीमा सहभागी झण्डै तीस प्रतिशत विद्यार्थीहरु मात्रै एसएलसी उत्तीर्ण भए।

निजी विद्यालयका विद्यार्थीहरुको उत्तीर्ण प्रतिशत चाहिं झण्डै नब्बे प्रतिशत रह्यो।

देशभरिका झण्डै ८० प्रतिशत बालबालिका सामुदायिक विद्यालयहरुमा पढ्छन् भने खासगरी शहरी क्षेत्रका निजी विद्यालयहरुमा पढ्ने बालबालिकाको संख्या २० प्रतिशत मात्रै छ।

सहयोग

राज्यले सामुदायिक विद्यालयहरु संचालन गर्न वर्षेनी अरबौं रुपियाँ खर्च गर्ने गरेको छ, जसमा दातृ संस्थाहरुबाट प्राप्त सहयोग तथा ऋणको रकम पनि उल्लेख्य छ।

राज्यको यति ठूलो लगानीका बावजुद सामुदायिक विद्यालयहरुमा पठनपाठनको गुणस्तर न्यून रहनुका कारणहरु के हुन्?

तिनमा सुधारका संभावनाहरु के छन्?

यसै विषयलाई लिएर बीबीसी नेपाली सेवाले तयार पारेको श्रृङ्खला “संकटमा सार्वजनिक शिक्षा” सुन्न यहाँ क्लिक गर्नुहोस्।

भाग १: कमजोर नतीजा-15.12.14

भाग २: सफलताको कथा -22.12.14

भाग ३: निजी हुन् वा सामुदायिक - गुणस्तरको चिन्ता - 29.12.14

भाग ४: विपन्नका छोराछोरी सामुदायिकमा -05.01.15

भाग ५: सुधारको प्रयास- 12.01.15

भाग ६: पठनपाठनमा कमजोरी -19.01.15

भाग ७- दलित र कर्णालीका समस्या

भाग ८: मियोको रुपमा सामुदायिक विद्यालय - 02.02.15

नयाँ नेपाल कार्यक्रममा बुटवलमा सरोकारवालाहरुसंग बहस -07.02.15