ओबामाद्वारा ‘द इन्टरभ्यु’ प्रदर्शन गर्ने घोषणाको स्वागत

  • 24 डिसेम्बर 2014
दक्षिण कोरियाको दृश्य तस्वीर कपीराइट AP
Image caption उत्तर कोरियाले सो चलचित्रबिरुद्ध कडा आपत्ती जनाएको थियो

क्रिसमस पर्वको दिन अमेरिकाका केहि सिनेमा घरहरुमा विवादास्पद हास्यप्रदान चलचित्र ‘द इन्टरभ्यु’ को प्रदर्शन हुने घोषणा सोनी पिक्चर्सले गरेको छ।

सोनीमा भएको एक साइबर हमलापछि सो चलचित्रको प्रद्शन रद्द गर्ने निर्णयको ओबामाले यस अघि आलोचना गरेका थिए।

कथामा उत्तर कोरियाली नेता किम जोङ उनको हत्याको योजना बनाइका कारण सो चलचित्र विवादमा परेको हो।

सोनीका अध्यक्ष माइकल लेन्टनले सो चलचित्र प्रदर्शन हुने भएपछि आफू “उत्साहित” भएको बताए।

उत्तर कोरियाले चाँही सो चलचित्रले आफ्नो सर्वोच्च नेताबारे नकारात्मक भावना फैलाउने भन्दै त्यसप्रति कडा आपत्ती जनाएको थियो।

योजना

सोनीका अध्यक्ष माइकल लेन्टनले भने, “हामी बढी भन्दा बढी सिनेमा थिएटरहरुमा स्थान सुरक्षित गर्न निरन्तर लागि रहेका छौं ताकी बढी भन्दा बढी मानिसले यो चलचित्र हेर्न सकुन्।”

एटलान्टा र अस्टीन शहरका दुई सिनेमा घरले सो चलचित्र प्रदर्शन गर्ने योजना सार्वजनिक गरिसकेका छन्।

‘द इन्टरभ्यु’को एक दृश्यमा चलचित्रका पात्रहरुबीच यस्तो कुराकानी रहेको छ:

“उस्लाई बाहिर लैजाउ।”

“कता लैजाने? बाहिर खान, पिउन लैजाने?”

“होइन उस्लाई बाहिर लैजाउ।”

“के तिमि हामीलाई उत्तर कोरियाको नेताको हत्या गर भन्दैछौ?”

“हो।”

“के भनेको यस्तो?”

प्रतिक्रिया

उत्तर कोरियाले सो चलचित्रले आफ्नो सर्वोच्च नेताबारे नकारात्मक प्रचार गरेकोप्रति कडा आपत्ती जनाउँदै सो चलचित्रको प्रदर्शन "युध्द जस्तै" हुने प्रतिक्रिया दिएको थियो।

वासिङ्टनले त्यो साइबर हमलाको दोष उत्तर कोरियालीमाथि लगाउदै बदला लिने धम्की दिएको थियो।

केहि दिन पछि सो साम्यवादी देशको इन्टरनेट केहि घण्टा अवरुद्ध हुन पुगेको थियो।